सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

प्रदेश नं १ मा ९०  कोरोना सङ्क्रमित थप

बिहीबार, ११ भदौ २०७७, २२ : ४९
बिहीबार, ११ भदौ २०७७

मोरङ । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा  ९० कोरोना सङ्क्रमित थपिएका छन् । जसमध्ये ३४ महिला र ५६ पुरुष छन् । कोरोना सङ्क्रमित थपिनेमा मोरङका ४६, सुनसरीका ३८, सङ्खुवासभाका चार तथा इलाम र प्रदेश बाहिरका एकएक रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टाका अवधिमा विराटनगरमा  ३८  कोरोना सङ्क्रमित थपिएका छन् । तिनमा २० महिला र १८ पुरुष छन् । थपिएका कोरोना सङ्क्रमितमा  कटहरीका तीन महिला र चार पुरुष तथा सुन्दरहरैँचाका एक पुरुष छन् ।

प्रदेशमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ३० पुगेको तथा पछिल्लो २४ घण्टामा ८१ जना निको भएर घर फर्केका छन् ।  हालसम्म प्रदेशमा कोरोनाबाट मुक्त हुनेको सङ्ख्या एक हजार ४९६ जना पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा एक हजार ७७३ जनाको पिसिआर परीक्षण भई हालसम्म  ८३ हजार ८७५ जनाको परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ  ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप