प्रार्थनाका लागि आएका ५१ जनाको हत्या गर्नेमाथि आजीवन जेल सजाय
एजेन्सी । न्युजिल्यान्डको क्राइस्ट चर्चस्थित दुईवटा मस्जिदमा गोलाबारी गर्ने ब्रेन्टन टारान्टविरुद्ध आजीवन जेल सजायको फैसला भएको छ । १५ मार्च २०१९ मा उनले दुुई मस्जिदमा छिरेर अन्धाधुन्ध गोली चलाउँदा प्रार्थना गर्न आएका ५१ जनाको ज्यान गएको थियो ।
न्युजिल्यान्डमा कुनै पनि व्यक्तिविरुद्ध जीवनभर जेलबाहिर निस्कन नपाउने सजाय भएको यो पहिलो घटना हो । २९ वर्षीय टारान्ट अस्टे«लियाली नागरिक हुन् । सजायको फैसला सुनाउनुुअघि न्यायाधीश क्यामरुन मन्देरले टारान्टलाई क्रुुर, निदर्यी र मानवता नभएको व्यक्ति भने ।

टारान्टले पहिले अल नुर मस्जिद र त्यसपछि लिनउड इस्लामिक सेन्टरमा प्रार्थना गर्न आएकाहरुलाई मेसिनगनमार्फत गोली हानेका थिए । १५ मार्चमा भएको यस घटनामा ५१ जनाको मृत्यु भयो भने धेरैजना घाइते भए । टारान्टले १७ मिनेटसम्म यस हमलाको फेसबुकमार्फत लाइभ पनि गरेका थिए । फेसबुकले पत्तो पाएपछि लाइभ स्ट्रिमिङलाई हटायो ।
आक्रमण गर्नुअघि उनले अन्य समुदायप्रति घृृणा फैलाउने र स्वेत सर्वोच्चताको पक्षपोषण गर्नेगरी लामो दस्तावेज नै तयार गरेका थिए । घटनाका २ सयभन्दा बढी पीडित तथा क्यान्टरबरीस्थित मुस्लिम संघलगायत विभिन्न संघ–संस्थासँग बयान लिएपछि न्यायाधीश मन्देरले यस्तो फैसला सुनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण