शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालय एयरलाइन्सको छैटौं चरणको चार्टर उडान तालिका सार्वजनिक, सेप्टेम्बर २ देखि २९ सम्म कुनकुन देशमा हुँदैछ उडान ?

आइतबार, १४ भदौ २०७७, १४ : ०७
आइतबार, १४ भदौ २०७७

काठमाडौं– हिमालय एयरलाइन्सले सेप्टेम्बर २ देखि २९ सम्म छौठौं चरणको चार्टर उडान तालिका सार्वजनिक गरेको छ । 

कोभिड–१९ का कारण विभिन्न देशमा रहेका र स्वदेश फर्कन चाहने नेपालीलाई यही सेप्टेम्बर २ देखि २९ सम्म स्वदेश ल्याउने एयसलाइन्सले जनाएको छ । एयसलाइन्सले सेप्टेम्बर २,३,६,८,९,१७,२२,२३ र २९ मा माल्दिभ्स, कतार, साउदी अरेबिया र कुबेतबाट नेपालीको उद्धार गर्ने छ ।

विश्वभर कोरोना महामारीको रुपमा फैलिएको कोभिड–१९का कारण विभिन्न मुलुकहरुमा अलपत्र नेपाली नागरिकहरुको उद्धार गरी नेपाल ल्याउन नेपाल सरकारको निर्णय र अनुमतिअनुसार हिमालय एयरको उडान संचालन हुँदै आइरहेको छ । हिमालय एयरलाइन्सले यसअघि पनि विभिन्न देशहरुबाट चार्टर्ड उडान गरिरहेको छ । 

सेप्टेम्बर २ देखि २९ सम्मको उडान तालिका यस्तो छ : 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप