रिया चक्रवर्तीको समर्थनमा तापसी पन्नुको पोस्ट भाइरल, यतिसम्म भनियो
अभिनेता सुशान्त सिंह राजपूतको मुद्दामा सिबिआई समूह लगातार अनुसन्धानमा जुटेको छ । यो मामिलामा सुशान्तकी प्रेमिका रिया चक्रवर्तीसहित उनका भाइ शौविक चक्रवर्ती, सुशान्तका साथी सिद्धार्थ पिठानी र स्यामुअल मिरान्डा, उनका घरेलु निरज र दिपेशसँग सिबिआइको समूहले लगातार सोधपुछ गरिरहेको छ । यसबैभी बलिउड नायिका तापसी पन्नुको ट्वीट सोसल मिडियामा मज्जाले भाइरल भइरहेको छ ।
मानिसहरुले तापसीलाई गरे ट्रोलः
तापसीले सुशान्तको निधन भएको लगभग साढे दुई महिनापछि पहिलो पटक यसबारे पोस्ट गरेकी छिन् । तर इन्टरनेट प्रयोगकर्तालाई तापसीको यो ट्वीट फिटिक्कै मन परेन जसका कारण उनलाई सोसल मिडियामा लगातार ट्रोल गरिँदै छ । वास्तवमा, तापसीले आफ्नो यो ट्वीटमा रिया चक्रवर्तीको समर्थन गरेकी छिन् । उनले ट्वीटमा लेखेकी छिन्, ‘म व्यक्तिगत रुपमा न त सुशान्तलाई चिन्दछु न नै रियालाई । तर न्यायपालिका अघि नै कसैलाई दोषी साबित गर्नु कुनै पनि हालतमा सही होइन भन्ने चाहिँ थाहा छ । कानूनमाथि विश्वास गर ।’
I didn’t know Sushant on a personal level nor do I know Rhea but what I know is, it only takes to be a human to understand how wrong it is to overtake judiciary to convict someone who isn’t proven guilty. Trust the law of the land for your sanity and the deceased’s sanctity 🙏🏼 https://t.co/gmd6GVMNjc
— taapsee pannu (@taapsee) August 30, 2020
के भन्छन् प्रयोगकर्ता ?
तापसीको यो ट्वीट पछि मानिसहरुले उनलाई भन्न सम्म भनेका छन् । एक प्रयोगकर्ताले लेखे, ‘तापसी म तिम्रो निकै ठूलो फ्यान थिएँ.. इन्स्टाग्राममा फलो गर्दथेँ तर ट्वस्टरमा तिमीले गलत व्यक्तिलाई साथ दिनु, गलत ट्वीट गर्नु.. यो सबै देखेर तिमी मेरो मनबाट बाहिर निस्किएकी छौ । तिमीले जतिसुकै राम्रो काम गर, तिमीले यो गलतलाई साथ दिनु तिम्रो लागि भारी हुनेछ ।’





उनको यो ट्वीटमा अन्यको भनाई कस्तो छ हेरौंः
सुशान्त केसमा सिबिआईले सोमबार रिया चक्रवर्तीसँग चौथो पटक सोधपुछ गर्नेछ । साथै, सिबिआईको समूहले सोमबार नै सुशान्त सिंहकी बहिनी मितू सिंहसँग पनि सोधपुछ गर्नेछ । यसका लागि सिबिआईले मितूलाई समन पनि पठाएको छ । स्रोतका अनुसार आज मितू सिंह र रियालाई आमने–सामने राखेर सोधपुछ हुनेछ । यो मुद्दासँग जोडिएका अन्य मानिसहरुलाई पनि सोधपुछ गरिने सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण