सर्लाहीमा मिनिट्रक दुर्घटना, १ जनाको मृत्यु
बिहीबार, १८ भदौ २०७७, १३ : ५०
सर्लाही । रामपुर नगरपालिका– ४ स्थित टुनीभञ्ज्याङमा मिनिट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही जिल्ला वाग्मती नगरपालिका वडा नं ७ घर भएका अन्दाजी वर्ष ३० का सन्तोष गहतराज रहेका इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । आज बिहान बुटवलबाट रामपुर आउँदै गरेको वाग्मती प्रदेश-०३-००१-००७१ नम्बरको मिनिट्रक दुर्घटना भएको हो ।
ट्रक चालक भने फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा अर्का एक जना भने सामान्य घाइते थिए । ट्रक सडकबाट एक सय ५० मिटर तल खसेको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण