बागलुङ बाढीः सभामुख सापकोटा मर्माहत
बिहीबार, १८ भदौ २०७७, २२ : १४
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बागलुङको ढोरपाटन नगरपालिका वडा नं ९ भुसुण्डे, दुनापोखरा, लाकुरीबोटमा अविरल वर्षापछिको पहिरो र सुकुर्दुङ खोलामा आएको बाढीले धनजनको क्षति भएको खबरले मर्माहत भएको बताएका छन् ।
आज वक्तव्य जारी गरी उनले दुःखद घटनामा निधन भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् । सुकुर्दुङ खोलामा आएको बाढीले १२ जनाको मृत्य र ४१ जना बेपत्ता भएको छन् ।
यस्तै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि सो घटनाबाट निकै ठूलो धनजनको क्षति भएको खबरले आफू स्तब्ध बनेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण