बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

बाराका क्रियाशील पत्रकारको कोरोना बीमा

शुक्रबार, १९ भदौ २०७७, ११ : ०८
शुक्रबार, १९ भदौ २०७७

कलैया । नेपाल पत्रकार महासंघ बारा शाखाले जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरुको कोरोना बीमा गरेको छ । बिश्वब्यापी रुपमा फैलिएको कोरोनाको त्राससंगै पत्रकार तथा सञ्चारकर्मीहरु समेत मैदानमा उत्रिएर जोखिम मोल्दै समाचार संकलन गर्नु पर्ने बाध्यातालाई ध्यानमा राखेर बीमा गरिदिएको हो । 

गत साउन ५ गते  कोरोन बीमाका लागि पत्रकारहरुलाई आह्वान गरे अनुसार नागकिरताको फोटोकपी प्राप्त भएका  बाराका पत्रकार तथा सञ्चारकर्मीहरुको बीमा गरिएको नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष कमलकुमार उपाध्यायले जानकारी दिए । आफै आवद्ध बाराको सबैभन्दा पहिलो दैनिक पत्रिका कृपाबाट आर्थिक श्रोत जुटाएर सिद्धार्थ इन्सोरेन्समा बीमा गरेको पनि उनले बताए । 

कोरोना बीमा कोरोना संक्रमित भएको खण्डमा एकलाख रुपैयाँ पाउने गरी व्यवस्था मिलाइएको पनि अध्यक्ष उपाध्यायले जानकारी दिए । कोरोनाको कहरका बीचमा पत्रकार महासंघले संचारकर्मीहरुका लागि मास्क,सेनिटाइटर लगायतका स्वास्थ्य सामग्रीहरु पनि उपलब्ध गराउदै आएको अध्यक्ष उपाध्यायले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप