चार महिनापछि पहिलोपटक भारत र चीनको उच्च राजनीतिक नेतृत्वबीच वार्ता
एजेन्सी । भारत र चीनबीचको सीमा विवाद सुरु भएको ४ महिनापछि पहिलोपटक उच्चस्तरीय राजनीतिक छलफल भएको छ । रुस भ्रमणमा रहेका दुई देशका रक्षामन्त्रीबीच शुक्रबार राती वार्ता भएको हो । सो भेटवार्ता झण्डै ४ महिनायता पूर्वी लद्दाखस्थित नियन्त्रण रेखा वरिपरि भएको २ देशका सेनाबीचको तनाव हटाउनमा केन्द्रीत रहेको जनाइएको छ ।
भारतीय मिडियाहरुका अनुसार मस्कोमा रहेका भारतीय रक्षामन्त्री राजनाथ सिंह र चिनियाँ रक्षामन्त्री विई फिङबीच सीमा विवाद समस्या समाधानमा केन्द्रीत रहेर छलफल भएको छ । सुरुमा चीनले वार्ताको प्रस्ताव राखिएको बताइएपनि वार्ताको वातावरण कसरी बन्यो भन्ने स्पष्ट भैसकेको छैन । दुबै देशका रक्षामन्त्री अहिले संघाई सहयोग संगठन(एससीओ) को बैठकमा भाग लिन मस्को भ्रमणमा रहेका छन् ।
पछिल्ला दिन ३० र ३१ अगष्टमा लद्दाखमा २ देशका सेनाबीच थप तनाव चर्किएको थियो । त्यसयता २ देशका सैनिक कमाण्डरहरुबीच पनि लगातार वार्ता भैरहेको छ । शुक्रबार पनि दुई पक्षका सैनिक कमाण्डरहरुबीच ३ घण्टा वार्ता भएको थियो । केही महिनाअघि लद्दाखमै भएको दुई पक्षीय झडपमा परेर थुप्रै भारतीय सेना मारिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण