पाकिस्तानः सरकारी टिभी च्यानलकी २७ वर्षीया पत्रकारको गोली हानी हत्या
पाकिस्तानमा शनिबार एक महिला पत्रकारको गोली हानी हत्या गरिएको छ । शाहिना शाहिन सरकारी टिभी च्यानल पाकिस्तान टिभीमा कार्यक्रम प्रस्तोताका साथै संवाददाता थिइन् । केही दिन अघि मात्रै उनको बलूचिस्तानको तुरबतमा ट्रान्सफर गरिएको थियो । गत वर्ष मात्रै पाकिस्तानमा उरुज इकबाल नामकी महिला पत्रकारलाई पनि गोली हानी हत्या गरिएको थियो ।
रिपोर्टका अनुसार सन् १९९२ देखि अहिलेसम्म अर्थात् २८ वर्षमा पाकिस्तानमा ६१ पत्रकारको हत्या भइसकेको छ ।
युवा पत्रकार थिइन् शाहिनः
शाहिन पहिला इस्लामाबादमा एक नीजि टिभी च्यानलमा काम गथिएन् । त्यसपछि उनको चयन सरकारी टिभी च्यानलमा भएको थियो । इस्लामाबादमा केही महिना बसेपछि शाहिनको ट्रान्सफर बलूचिस्तानको तुरबतमा भएको थियो । उनी एक स्थानीय म्यागजिनकी सम्पादक पनि थिइन् । २७ वर्षकी शाहिन क्वेटा युनिभर्सिटीबाट पिएचडी पनि गरिरहेकी थिइन् ।
हत्यारा फरारः
शाहिनलाई उनको घरमै गएर हत्या गरिएको थियो । प्रहरीका अनुसार दुई हमलाकर्ता उनको घर पुगे । ढोका खोल्नेबित्तिकै शाहिनमाथि गोली हानियो । शाहिनलाई पाँच गोली लाग्यो । प्रहरीका अनुसार एक अज्ञात व्यक्तिले शाहिनलाई कारमा लिएर अस्पताल पुगे । तर त्यसको केही बेरपछि नै उनी गाडी छोडेर फरार भए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । शाहिनका परिवारले केही मानिसहरुविरुद्ध मुद्दा दर्ता गरेका छन् । यसमा शाहिनका श्रीमान् पनि समावेश छन् । शाहिनको पाँच महिना अघि विवाह भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण