चीनले विकास गर्यो पुनः प्रयोग योग्य अन्तरिक्ष यान
बेइजिङ । चीनले विकास गरेको पुनः प्रयोग गर्न सकिने अन्तरिक्ष यान दुई दिनसम्म अन्तरिक्ष कक्षमा रहेर आइतबार सफलतापूर्वक पृथ्वीमा अवतरण गरेको छ । अन्तरिक्ष यात्रालाई सस्तो बनाउने सन्दर्भमा यो एउटा महत्वपूर्ण पाइला भएको चीन सरकारले घोषणा गरेको छ ।
उक्त यान गत शुक्रबार जिक्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा पठाइएको थियो । तर गोप्य रुपमा विकास गरिएको यस अभियानका बारेमा विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । चीनको सरकारी समाचार समाचार संस्था सिन्ह्वाले एक अधिकारीको भनाई उद्धृत गर्दै उक्त यान जिक्वान अन्तरिक्ष केन्द्रमा सफलतापूर्वक अवतरण गरेको जनाएको छ । तर यानको तस्वीर भने प्रकाशन गरिएको छैन, न त यानको आकार र प्रकारका बारेमा नै केही बताइएको छ ।
सिन्ह्वाले यस अभियानको सफलताले चीनको अन्तरिक्ष यात्रामा एउटा महत्वपूर्ण कोशेढुंगा हासिल भएको जनाएको छ । चीनले यसअघि सन् २००३ मा पहिलो पटक अन्तरिक्षमा एक व्यक्तिलाई पठाएको थियो । गत वर्ष चीनले चन्द्रमाको सबैभन्दा टाढाको स्थानमा रोभर रोबोट अवतरण गराएको थियो ।
अर्को यस्तै खोज रोबोट अहिले मंगलग्रहमा पठाइएको छ । संयुक्तराज्य अमेरिका र रसिया दुई मुलुकले मात्र हालसम्म पुनः प्रयोग योग्य अन्तरिक्ष यान निर्माण गर्ने सफलता प्राप्त गरेका छन् । –एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण