बाबुरामको प्रस्तावः ‘राष्ट्रपतिदेखि शिक्षक लगायत सबैको तलबभत्ता पनि रोक्ने हो कि ?’
काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा.बाबुराम भट्टराईले राष्ट्रपतिदेखि शिक्षकसम्मको तलबभत्ता रोक्न प्रस्ताव गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत नेता भट्टराईले सो प्रस्ताव गरेका हुन् ।
कोरोना महामारीमा आमजनता जीवन मरणको लडाईमा रहेको बताउँदै नेता भट्टराईले राज्यकोषबाट तलब खाने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि कर्मचारी र शिक्षकको तलब रोक्नुपर्ने बताउँदै भनेका छन्ः ‘आम जनता जीवनमरणको यो गम्भीर अवस्था नबुझ्नेहरुको घैंटोमा घाम लगाउन राज्यकोषबाट तलब खाने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, न्यायाधीश, सांसद, कर्मचारी, शिक्षक लगायत सबैको तलबभत्ता पनि रोक्ने हो कि ?’
नेता भट्टराईले पचासौं लाख अनौपचारिक क्षेत्रमा काम गर्ने र स्वरोजगार श्रमिक तथा गरीबीको रेखामुनि रहेका परिवारको दैनिक गुजाराको वैकल्पिक व्यवस्था नगरी सरकारले अनन्तकालसम्म लकडाउन र कर्फयू लगाउँदै जानु कति उपयुक्त हो भनेर प्रश्न समेत गरेका छन् । उनले कोरोनाबाट बचे पनि भोकले मर्ने स्थिति आउनु कति डरलाग्दो कुरा हो भन्दै अर्को प्रश्न समेत गरेका छन् ।
नेता भट्टराईले सरकारसँग विपन्न जनताका लागि राहतका कार्यक्रम ल्याउन गराउन आग्रह गर्दै भनेका छन्ः ‘सरकारले कि यी वेरोजगार र विपन्न जनतालाई तुरुन्तै स्थानीय तहमार्फत नगद जिन्सी राहतको व्यवस्था गर्नुपर्यो, नत्र सुरक्षाका न्यूनतम मापदण्ड कायम गर्दै आ–आफ्ना व्यवसाय सञ्चालन गर्न दिनुपर्यो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण