जापानमा आँधी प्रभावित क्षेत्रका ११ लाख व्यक्तिलाई स्थानान्तरणका लागि निर्देशन
सोमबार, २२ भदौ २०७७, १९ : १०
एजेन्सी । जापानमा आँधी प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई अन्यत्र सार्न निर्देशन दिइएको छ । देशको दक्षिणपश्चिमी क्षेत्रका ११ लाखभन्दा बढी स्थानीय बासिन्दालाई तत्काल अन्य स्थानमा सार्न सोमबार निर्देशन दिइएको हो ।
उनीहरुलाई सागा, नागासाकी, कुमामोतो र कागोशिमामा सार्न सिफारिस गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । जापानमा गत आइतबार राति आएको हाइशेन नामक विशाल आँधीले जापानको दक्षिणपश्चिमी क्षेत्रका क्युशुलगायतका ठाउँमा ठूलो क्षति पुर्याएको छ ।
आँधीका कारण अहिलेसम्म कम्तीमा ५० जना घाइते भएको र पाँच लाख घरपरिवार प्रभावित भएका छन् । उनीहरुको घरमा अहिले विद्यूत, सञ्चारलगायतका सेवामा समस्या उत्पन्न भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण