जापानमा आँधी प्रभावित क्षेत्रका ११ लाख व्यक्तिलाई स्थानान्तरणका लागि निर्देशन
सोमबार, २२ भदौ २०७७, १९ : १०

एजेन्सी । जापानमा आँधी प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई अन्यत्र सार्न निर्देशन दिइएको छ । देशको दक्षिणपश्चिमी क्षेत्रका ११ लाखभन्दा बढी स्थानीय बासिन्दालाई तत्काल अन्य स्थानमा सार्न सोमबार निर्देशन दिइएको हो ।
उनीहरुलाई सागा, नागासाकी, कुमामोतो र कागोशिमामा सार्न सिफारिस गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । जापानमा गत आइतबार राति आएको हाइशेन नामक विशाल आँधीले जापानको दक्षिणपश्चिमी क्षेत्रका क्युशुलगायतका ठाउँमा ठूलो क्षति पुर्याएको छ ।
आँधीका कारण अहिलेसम्म कम्तीमा ५० जना घाइते भएको र पाँच लाख घरपरिवार प्रभावित भएका छन् । उनीहरुको घरमा अहिले विद्यूत, सञ्चारलगायतका सेवामा समस्या उत्पन्न भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'यो मन त मेरो नेपाली हो'को अमेरिकामा विशेष शो
-
‘उत्पादन बढी हुँदा तरकारी सस्तो, किसानले मूल्य पाउनै छोडे’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
‘दातृ संस्थाले सुविधायुक्त होटलमा सेतो तन्नामा सुत्नका लागि मात्रै लैजान्छन्’
-
पथरीमा जीवन विज्ञानको पहिलो वर्षोत्सव
-
टी–ट्वान्टी सिरिजको दोस्रो खेलमा स्कटल्यान्डसँग खेल्दै नेपाल