सङ्क्रमण र दुव्र्यवहारसँग जुध्दै सेवामा स्वास्थ्यकर्मी
काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) महामारीको चपेटामा अग्रपङ्क्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी परेका छन् । कोरोना उपचार हुने प्रत्येक अस्पतालमा कार्यरत दर्जनौँ स्वास्थ्यकर्मी सङ्क्रमित छन् । ती अस्पतालमा कार्यरत अस्पताल निर्देशकदेखि, स्टाफ नर्स, चिकित्सक, ल्याबमा कार्यरत कर्मचारी, सरसफाइ कर्मचारीदेखि प्रशासन सम्मका कर्मचारीलाई कोरोना भाइरस सङ्क्रमण भइरहेको छ ।
वीर अस्पताल, शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भरतपुर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोसी अस्पताल, भेरी अस्पताल लगायतका अस्पतालमा कार्यरत सयौँ स्वास्थ्यकर्मी यतिखेर आइसोलेसनमा उपचाररत छन् ।
कतिपय चिकित्सक तथा नर्स निको भएर काममा फर्किसकेका छन् । जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा कोसी कोभिड अस्पताल व्यवस्थापन प्रमुख ज्ञानबहादुर बस्नेत पनि २६ दिनको आइसोलेसन बसाइपछि कोरोनालाई जितेर नियमित काममा फर्किएका छन् ।
उहाँ आइसोलेसनमा हुँदा पनि नियमित रूपमा मोरङ जिल्ला स्वास्थ्य कार्यालय प्रमुख भएको हुनाले सयाँै फोन आउने र जिल्लाभरका सङ्क्रमितको व्यवस्थापन मिलाउनुपर्ने हुन्थ्यो । स्थानीय तहमा कोरोना परीक्षणदेखि उपचार सम्मको व्यवस्था बस्नेतले नै गर्नुपर्दथ्यो । उनले कोरोनालाई जित्न उच्च आत्मबल चाहिने बताउँदै कोरोना लाग्यो भन्दैमा हतोत्साहित बन्दा कोरोनालाई जित्न नसकिने बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण