सञ्जयले सुरु गरे फिल्मको सुटिङः नायकको रोगका कारण सेटमा कडा सुरक्षा, सबैको भयो कोरोना परीक्षण
अभिनेता सञ्जय दत्तले सोमबारबाट फिल्म शमशेराको सुटिङ सुरु गरेका छन् । यशराज स्टुडियोको स्रोतलाई उद्धृत गर्दैै भारतीय सञ्चार माध्यमले यसको पुष्टि गरेको छ । यसैबीच शमशेराको सेटबाट सञ्जयको तस्बिर पनि सार्वजनिक भएको छ । कोरोनाभाइरस संक्रमण र सञ्जयको रोगका कारण सेटमा सुरक्षाको कडा प्रबन्ध मिलाइएको बताइएको छ ।
क्रुका हरेक सदस्यको कोरोना परीक्षणः
स्रोतका अनुसार शमशेराको सेटमा सञ्जुका लागि विशेष प्रबन्धको व्यवस्था गरिएको थियो । सेटमा अत्यधिक कम मानिसहरुको उपस्थिती थियो । जति पनि उपस्थित थिए उनीहरुको पहिले नै कोरोना परीक्षण गरिएको थियो र सबैको नतिजा नेगेटिभ आएको थियो । सबैले निकै सावधानीका साथ सुटिङ गरेको पनि बताइएको छ ।
८ अगस्टदेखि अहिलेसम्मको यात्राः
८ अगस्टमा सञ्जय दत्तलाई सास फेर्न समस्या भएको थियो । त्यसपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । यतिबेला उनकी श्रीमती मान्यता दुई सन्तानसहित दुबईमा थिइन् । ४ दिनपछि उनी अस्पतालबाट डिस्चार्ज त भए तर ११ अगस्टमा उनलाई फोक्सोमा क्यान्सर भएको खबर आयो । त्यसपछि उनी विदेशमा उपचार गर्न जाने अनुमान गरिएको थियो । हाल डा. जलिल पारकरले मुम्बईमा नै उनको उपचार गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण