बालिकामाथि जबरजस्ती करणी गरेको आरोप, आरोपित फरार
जनकपुर । धनुषामा एक बालिकालाई जबरजस्ती करणी गरेको घटना सार्वजनिक भएको छ । लक्ष्मीनिया गाउँपालिका वडा नम्बर २ स्थित सिनुरजोडाकी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको घटना ३ दिनपछि मंगलबार सार्वजनिक भएको हो ।
भदौ २० गते शनिबार दिउँसो स्थानीय ५५ वर्षीय बुधुवा साहको किराना पसल नजिकै साथीहरुसँग खेलिरहेकी किशोरीलाई पसले साहले पसलमा बोलाएर जबरजस्ती करणी गरेको पीडित परिवारको आरोप छ । पीडितका बावुले छोरी पसल नजिकै खेलिरहेको बेला बोलाएर कोठामा थुनेर जबरजस्ती करणी गरेको बताए ।
घटनापछि प्रहरी घट्नास्थल पुग्दासम्म आरोपित फरार भएको धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए । बालिकालाई मेडिकल जाँचका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याउनुका साथै फरार अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच आर्थिक चलखेल गरेर गाउँका केही व्यक्तिहरुले गाउँमै दवाउन खोजेको भन्दै विरोध प्रदर्शन भएको छ । नेकपाका प्रस्तावित जिल्ला कमिटी सदस्य लालजी साहको नेतृत्वमा स्थानीयले क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयको अगाडी विरोध प्रदर्शन भएको छ । प्रदर्शनकारीले दोषीलाई पक्राउ गरि कारवाहीको माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण