देवरको कुटपिटबाट भाउजुको मृत्यु
बुधबार, २४ भदौ २०७७, २२ : ४५
भोजपुर । जिल्ला प्रहरीले कार्यालय भोजपुरले कुटपिट गरी भाउजुको हत्या गरेको अभियोगमा देवरलाई पक्राउ गरेको छ । टेम्केमैयुङ गाउँपालिका–५ खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई मरणासन्न हुने गरी कुटपिट हत्या गरेको अभियोगमा नियन्त्रणमा लिएको हो ।
गत २२ गते राति घरायसी विवादमा राजकुमारले केशरमायालाई कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटपछि ढिलबाट हुत्याएर आफू घर आएको र बिहान हेर्दा घर छेउको सुँगुरको खोरमा केशरमाया मृत अवस्थामा भेटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णकुमार चन्दले जानकारी दिए । राजकुमारलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । मृतकको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण