बेलायतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थाल्यो
एजेन्सी । बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९का संक्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ । प्राप्त पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घन्टा यतामात्र करिब २ हजार ४२० जना कारोना भाइरसका नयाँ संक्रमित फेला परेका बताइएको छ ।
बेलायतमा कोरोनाका संक्रमितहरु पछिल्ला केही दिनयता बढी मात्रामा देखिन थालेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्ला केही हप्तामा ठूलो संख्यामा नयाँ संक्रमितहरु थपिएका र आजसम्म यहाँका संक्रमितहरुको संख्या ३ लाख ५२ हजार ५२० जना पुगेको छ ।
यस संक्रमणबाट भएको मृत्युको संख्या ४१ हजार ५८४ जना पुगेको बताइएको छ । बेलायतका स्वास्थ्यमन्त्री म्याट हानकोकले मंगलबार देखिएको यो पछिल्लो संख्या निकै खतरनाक भएको बताएका छन् ।
लन्डनमा कोभिड १९को अवस्था सामान्यजस्तो देखिएकोले बेलायतमा जनजीवनलाई पनि सामान्य बनाइएको थियो । गएका केही हप्तादेखि यहाँ सामान्य रुपमा मात्र संक्रमित देखिएका थिए ।बेलायतमा कोभिड १९ को महामारी फेरि बढ्न सक्ने खतरा देखिएको उनले बताए । यहाँ सोमबार र आइतबार २ हजार ९०० भन्दा बढी संक्रमित थपिएका थिए । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण