चीनसँग जुध्नका लागि भारतले जापानसँग गर्यो सैन्य सम्झौता
हिन्द महासागरमा आफ्नो रणनीतिक पहुँच बढाउन र भारत–प्रशान्त इलाकामा चीनको प्रभुत्व बढाउने कोसिसँग जुध्नका लागि भारत र जापानबीच महत्वपूर्ण सहमति बनेको छ ।
टाइम्स अफ इन्डियाका अनुसार यो सम्झौतापछि अब भारत–प्रशान्त इलाकामा दुई देशबीच एक अर्काको युद्धपोत र विमानका लागि सैन्य सहयोग बढाइनेछ । जापान यस्तो छैटौं देश हो जोसँग यस्तो प्रकारको सैन्य सहयोगका लागि भारतले सम्झौता गरेको छ ।
यसअघि अमेरिका, फ्रान्स, अष्ट्रेलिया, दक्षिण कोरिया र सिंगापुरसँग यो इलाकामा सैन्य सहयोग बढाउने विषयमा भारतले सम्झौता गरिसकेको छ ।
पत्रिकाका अनुसार बिहिबार बर्तमान अधिकारीले भारत, बेलायत रुससँग पनि यस्तै प्रकारको सहयोगका लागि कुराकानी अघि बढिरहेको र यो वर्षको अन्त्यसम्म रुससँग कुनै सहमतिमा पुग्न सक्ने जानकारी दिएका छन् ।
वर्तमान अधिकारीले चीनले झैं भारत देशबाहिर समुद्रमा कुनै प्रकारको सैन्य अड्डा बनाउने इच्छा नराखेको बताएका छन् । भारतीय सेना र जापानी सेल्फ डिफेन्स फोर्सेसबीच यो सम्बन्धि सम्झौतमा रक्षा सचिव अजय कुमार र जापानका राजदूत सुजुकी सतोशीले हस्ताक्षर गरेको जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण