चीनसँग जुध्नका लागि भारतले जापानसँग गर्यो सैन्य सम्झौता
हिन्द महासागरमा आफ्नो रणनीतिक पहुँच बढाउन र भारत–प्रशान्त इलाकामा चीनको प्रभुत्व बढाउने कोसिसँग जुध्नका लागि भारत र जापानबीच महत्वपूर्ण सहमति बनेको छ ।
टाइम्स अफ इन्डियाका अनुसार यो सम्झौतापछि अब भारत–प्रशान्त इलाकामा दुई देशबीच एक अर्काको युद्धपोत र विमानका लागि सैन्य सहयोग बढाइनेछ । जापान यस्तो छैटौं देश हो जोसँग यस्तो प्रकारको सैन्य सहयोगका लागि भारतले सम्झौता गरेको छ ।
यसअघि अमेरिका, फ्रान्स, अष्ट्रेलिया, दक्षिण कोरिया र सिंगापुरसँग यो इलाकामा सैन्य सहयोग बढाउने विषयमा भारतले सम्झौता गरिसकेको छ ।
पत्रिकाका अनुसार बिहिबार बर्तमान अधिकारीले भारत, बेलायत रुससँग पनि यस्तै प्रकारको सहयोगका लागि कुराकानी अघि बढिरहेको र यो वर्षको अन्त्यसम्म रुससँग कुनै सहमतिमा पुग्न सक्ने जानकारी दिएका छन् ।
वर्तमान अधिकारीले चीनले झैं भारत देशबाहिर समुद्रमा कुनै प्रकारको सैन्य अड्डा बनाउने इच्छा नराखेको बताएका छन् । भारतीय सेना र जापानी सेल्फ डिफेन्स फोर्सेसबीच यो सम्बन्धि सम्झौतमा रक्षा सचिव अजय कुमार र जापानका राजदूत सुजुकी सतोशीले हस्ताक्षर गरेको जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–यूरोपेली मुलुक सिधा हवाई उडान सुचारु गर्न सीआईएनको माग
-
‘ग्रीन मोबिलिटी फर टुरिजम प्रोस्पेरिटी’ विषयक अन्तरक्रिया गर्दै स्पार्क कार
-
हामी २००७ सालदेखि लडिरहेका छौँ, लडिरहन्छौँ : महत
-
एमाले दलका नेता ओलीमाथि आक्रमणको प्रयास भयो : रघुजी पन्त
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
मन्त्री रेखा शर्माको प्रश्न : कसैको बारेमा प्रश्न उठाइरहने, बोल्न नदिने भन्ने हुन्छ ?