आफ्नो अफिसलाई यसकारण उजाड राख्नेछिन् कंगना, मर्मत नगर्ने
कंगना रनौतले बिहिबार आफ्नो टुटे–फुटेको अफिसको भ्रमण गरेपछि एउटा ठूलो निर्णय लिएकी छिन् जस अनुसार उनी आफ्नो अफिसको मर्मत गराउने छैनन् । उनका अनुसार उनले आफ्नो अफिसलाई जस्तो छ त्यस्तै राख्नेछिन् र यसलाई एक महिलाको इच्छाशक्तिको रुपमा पेश गर्नेछिन् ।
बिएमसीले कंगनाको पाली हिलस्थित अफिसमा अवैध निर्माण गरेको भन्दै डोजर चलाएको थियो । यद्यपि, कंगनाले उनको अफिसमा कुनै पनि प्रकारको अवैध निर्माण नभएको बताएकी छिन् ।
बुधबार बिएमसीको कारवाहीपपछ कंगना बिहिबार पहिलो पटक आफ्नो अफिस गएकी थिइन् । त्यसपछि उनले ट्वीटरमा लेखिन्, ‘मैले आफ्नो अफिसको सुरुवाती जनवरी १५ देखि गरेकी थिएँ । कोरोना सुरु हुनु ठिक अघि । अरुले जस्तै मैले पनि त्यतिबेला देखि काम गरेकी छैन । यसको मर्मत गर्नका लागि मसँग पैसा छैन । म यही अवशेषबीच काम गर्नेछु । आफ्नो अफिसलाई यसै उजाड छोड्नेछु, जुन एक महिलाको इच्छाशक्तिको उदाहरण बन्नेछ, जसलाई यो संसारले तोड्न खोजेको थियो ।’
उता बिएमसीले बिहिबार उच्च अदालतमा कंगनाको अफिसमा गरिएको कारवाही सही भएको बतायो । बिएमसीले कारवाही नियम अनुसार नै गरिएको बतायो । कंगनाको वकिलले १४ सेप्टेम्बरसम्म जवाफ दिनुपर्नेछ । यो जवाफसहित कंगनाले केही नयाँ तथ्य राख्ने मौका पनि पाउनेछिन् । अब अर्को सुनुवाई २२ सेप्टेम्बरमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण