गण्डकीमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ९०३
गण्डकी प्रदेशमा हालसम्म कोरोना सङ्क्रमित हुनेको सङ्ख्या दुई हजार ९०३ पुगेको छ । प्रदेशमा हालसम्म ५५ हजार ७३७ जनाको पिसीआर परीक्षण गरिएकामा ५२ हजार ८३४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
प्रदेशमा सङ्क्रमित भएकामध्ये एक हजार ८४९ जना निको भएका छन् भने सक्रिय सङ्क्रमितको सङख्या एक हजार ३० रहेको छ ।
कोरोना सङ्क्रमणका कारण हालसम्म २४ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ७५७ को पिसीआर परीक्षण गरिएकामा ६८२ को रिपोर्ट नेगेटिभ आएको छ भने ७५ सङ्क्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा ३७ जना निको भएका छन् । प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला र क्षयरोग उपचार केन्द्रमा पिसीआर परीक्षण भइरहेको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा मेलो न मेसोका मन्त्री हुने गरेका छन् : प्रधानमन्त्री प्रचण्ड
-
सभामुख र प्रधानमन्त्रीबिच नीति तथा कार्यक्रमबारे छलफल
-
उपेन्द्र यादवद्वारा राजीनामा
-
राजनीतिमा आउलान् अल्लु अर्जुन ?
-
बढ्यो नेपाल टेलिकमको नाफा, ९ महिनामा कमायो ५ अर्ब ५९ करोड
-
सुनकोशी–मरिन डाभईभर्सन : सुरुङ ब्रेकथ्रुपछि के–के काम अझै छन् बाँकी ?