एउटा यस्तो घर जसले चौतर्फी चर्चा पायो
आइतबार, २८ भदौ २०७७, १२ : ४६
एउटा सानो भर्याङमाथि बनेको घरले जापानको सोसल मिडियामा अत्यधिक चर्चा पाइरहेको छ । ‘च्याउ घर’ नाम दिइएको उक्त घर हेरेर नपत्याउने धेरै छन् ।
जापानी ट्वीटर प्रयोगकर्ता यूको मोहरीले सबैभन्दा पहिले यो तस्बिर पोस्ट गरेका हुन् । उनको यो पोस्टलाई २० हजार पटक सेयर गरिसकिएको छ ।
उक्त तस्बिरमा देखिए अनुसार एउटा साँघुरो भर्याङमाथि एक तल्ले घर बनेको जस्तो देखिन्छ । यस्तो घरले संसारभरीका धेरैलाई चकित पारेका हुनसक्छ, अझ त्यसमाथि पनि भूकम्प आइरहने जापानजस्तो देशमा यस्तो घर बन्नु चकित नै पारिदिन्छ ।
उक्त ‘च्याउ घर’ जापानको आजुमिगावा टाउनमा अवस्थित छ । यो घर किन यस्तो बनाइयो, यसको कारण भने पत्ता लाग्न सकेको छैन । - अडिटी सेन्ट्रल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल
-
जसपा नेपालको बैठकमा अशोक र राजेन्द्रको सत्तोसराप
-
संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग, बिहीबार दाबी पेश हुने
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ