प्रतिपक्षी दलसँग व्यवसायीको गुहार: नाकामा २ हजार कन्टेनर रोकिए, पहल गर्नुपर्यो
काठमाडौं । सरकारले आफ्ना माग नसुनेको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले प्रतिपक्षी दललाई गुहारेको छ । आइतबार महासंघले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै व्यवसायीका मागहरु सम्बोधन गर्न दवाव दिन आग्रह गरेको हो ।
व्यापारमूलक संगठनको सहभागिता रहेको सो महासंघको टोलीले देउवालाई ज्ञापनपत्र बुझाउँदै आधा दर्जनभन्दा बढी मागहरु गरेको छ । महासंघले ८ महिनादेखि केरुङ नाकामा रोकिएर बसेका कन्टेनरहरुलाई छुटाउन पहल गर्न, बन्दाबन्दी र निषेधाज्ञा अवधिभरको घरभाडा छुट र बैंकको ब्याजदर मिनाह गर्ने व्यवस्था गर्न तथा कर तिर्ने समयाविधि पर सार्न सरकारलाई दबाब दिन देउवालाई आग्रह गरेको थियो ।
भेटमा देउवाले व्यवसायीले राखेका सबै मागहरु जायज भएको भन्दै यसबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने आश्वासन दिएको अध्यक्ष नरेश कटुवालले जानकारी दिए । हाल केरुङमा मात्रै करिब २ हजार कन्टेनरहरु रोकिएको कटुवालको भनाई छ ।
माघमा ल्याइएका सामान दशैंसम्म आउने आशा गरिए चिनियाँ नाकाले दैनिक ८ वटाभन्दा गाडी छोड्न नमानेका कारण त्यो सामान आउन ढिलाई भइरहेको छ । त्यस्तै, व्यवसायी सञ्चालन हुन नपाउँदा व्यापारमूलक क्षेत्रसँग आवद्ध व्यवसायीहरु बैंकको ऋण, घरभाडा लगायत तिर्न नसकेर पलायन हुने अवस्था आइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण