असोज ५ गते भित्र यातायात कर्मचारीहरुको विवरण तयार गर्न प्रदेश सरकारको आग्रह
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यातायात व्यवसायीहरुसँग छलफल गरेका छन् । असोज ५ गतेबाट सार्वजनिक यातायात सञ्चालन हुने निर्णय भएपछि यातायात क्षेत्रका सरोकारवाला निकायहरुसँग मुख्यमन्त्री राईले मंगलबार भर्चुअल छलफल गरेका हुन् । लामो समयपछि यातायात सञ्चालन हुने भएपछि यसलाई कसरी सुरक्षित र व्यवस्थित गर्ने भन्ने बारेमा मुख्यमन्त्री राईले सरोकारवालाहरुसँग छलफल गरे ।
छलफलमा मुख्यमन्त्री राईले असोज ५ गते अगाडि यातायात व्यवसायीहरुलाई स्वास्थ्य सजगता अपनाउँदै आफ्ना कर्मचारीहरुको विवरण तयार गर्न आग्रह गरेका छन् । उनले यातायात व्यवसायीहरुको साझा समस्याहरुलाई सरकारले सम्बोधन गर्दै जान बताए ।
मुख्यमन्त्री राईले स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन यातायात व्यवासीहरुलाई आग्रह गरेका छन् । उनले माक्स, स्यानिटाइजरजस्ता स्वास्थ्य सुरक्षाका साधन प्रयोग गरेर सावधानीहरु अपनाउन आग्रह गरेका छन् । यात्रुहरुको विशेष ध्यान दिन पनि उनले व्यवसायीहरुलाई आग्रह गरे । यात्रुहरुलाई स्वास्थ्य सावधानी तथा सजगता अपनाउन यातायात व्यवसायीहरुले पनि ध्यान दिनुपर्ने कुरामा मुख्यमन्त्री राईले जोड दिए ।
लामो दुरीका यात्रुहरुको विवरण राख्न समेत मुख्यमन्त्री राईले जोड दिएका छन् । छलफलमा यातायात व्यवसायीहरुले सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णयलाई स्वागत गरेका थिए । उनीहरुले स्वास्थ्य सजगता अपनाउँदै यातायातका साधनहरु सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । छलफलमा यातायात व्यवसायीहरुका साथै यातायात क्षेत्रका मजदुर संगठनका प्रतिनिधिहरुको समेत उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण