कोरोनाले १५ करोड बालबालिकालाई गरिबीमा धकेल्यो
शुक्रबार, ०२ असोज २०७७, ०९ : ३६
बालबालिकाका लागि काम गर्ने संयुक्त राष्ट्रको संस्था युनिसेफका अनुसार कोरोना महामारी र लकडाउनजस्ता संकटका कारण संसारभरी करिब १५ करोड बालबालिका गरिबीको दलदलमा धेकेलिएका छन् ।
कोरोना संकटका कारण गरिब भएका बालबालिका मिलाएर अब संसारमा करिब १.२ अर्ब बालबालिका गरिब भएका छन् ।
बालबालिकाको गरिबीबारे यो नयाँ विश्लेषण युनिसेफ र बाल अधिकारका लागि काम गर्ने संख्या सेभ द चिल्ड्रेनले गरेको हो ।
ताजा रिपोर्टका अनुसार कोरोनाको समयमा करोडौं बालबालिका गरिब भए भने पहिले नै गरिब भएका बालबालिका थप गरिब भएका छन् ।
यो अध्ययन अनुसार महामारी र लकडाउनका बेला यस्ता बालबालिकाको संख्यामा १५ प्रतिशतको वृद्धि भएको छ जसले शिक्षा, स्वास्थ्य, घर, पोषण, सर–सफाई र पिउने पानीको सुविधा पाउँदैनन् । युनिसेफले अबको समयमा स्थिती थप बिग्रन सक्ने चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियामा रास्वपा सांसदहरूसँग प्रवासी नेपालीको खुला संवाद
-
एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन
-
युक्रेनमा सन् २०२२ यताकै सबैभन्दा धेरै नागरिक हताहत
-
बारामा सवारी दुर्घटना बढे पनि घट्यो मृत्यु हुनेको सङ्ख्या, कारबाही र राजस्वमा पनि कमी
-
दनदनी बलिरहेको छ युरोप
-
प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण