ऊर्जामन्त्री वर्षमान पुनका अंगरक्षकलाई कोरोना
शुक्रबार, ०२ असोज २०७७, १९ : ३७
काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनका अंगरक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार मन्त्री पुनका अंगरक्षकमा कोरोना संक्रमण पोजेटिभ देखिएको रिपोर्ट आएको मन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए ।
अंगरक्षकमा कोरोना पुष्टि भएपनि मन्त्रीसहित २९ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । मन्त्री पुन अब ५ दिन आइसोलेशनमा बस्ने प्रेस संयोजक भट्टले जानकारी दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण