अपडेट
नेदरल्यान्ड्सलाई १–० को अग्रता
सोमबार, ०१ असार २०८३, ०२ : ५९
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा नेदरल्यान्ड्सले जापान विरुद्ध १–० को अग्रता लिएको छ ।
- खेलको ५०औं मिनेटमा डिफेन्डर भर्जिल भान डाइकले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए ।
- पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको पाँचौं मिनेटमा नेदरल्यान्ड्सले गोल गर्न सफल भयो ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा नेदरल्यान्ड्सले जापान विरुद्ध सुरुवाती अग्रता लिएको छ । अमेरिकाको डल्लास स्टेडियममा जारी खेलको ५०औं मिनेटमा डिफेन्डर भर्जिल भान डाइकले गोल गर्दै नेदरल्यान्ड्सलाई १–० को अग्रता दिलाएका हुन् ।
भान डाइकको यस गोलका लागि रायन ग्रेभनबर्चले सटिक पास उपलब्ध गराएका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ सुरु भएको पाँचौं मिनेटमै नेदरल्यान्ड्सले डेडलक तोड्न सफल भएको छ । हाल मैदानमा नेदरल्यान्ड्स १-० ले अघि रहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण