आमिर खानका बडीगार्ड थिए यी अभिनेताः भने, ‘दुई वर्ष उनीसँग बसेपछि मेरो सोच फेरियो’
अभिनेता रोनित रोयले आमिर खानको बडीगार्ड बनेका बेला आफूले धेरै कुरा सिक्ने मौका पाएको बताएका छन् ।
रोनितले एक भारतीय मिडियासँगको कुराकानीमा यस्तो बताएका हुन् ।
उनले भने, ‘आमिरसँग काम गर्नुभन्दा अघिसम्म म ठूल्ठूला गाडी र अपार्टमेन्टको सपना देख्थेँ तर आमिरसँग दुई वर्ष काम गरेपछि मेरो सोचमा परिवर्तन आयो ।’
रोनित रोयका अनुसार आमिर खानसँग काम गरिरहेका बेला नै एकता कपुरले उनलाई दुई ठूला टिभी शोको प्रस्ताव दिएकी थिइन् र त्यतिबेला अहिलेसम्म जे सिकिरहेका छन्, त्यो अहिलेसम्म पनि निरन्तर रहेको उनले बताए ।
उक्त अन्तरवार्तामा उनलाई टेलिभिजन छोडेको हो भन्ने प्रश्नको सोधिएको थियो जसमा उनले भने, ‘मैले सिरियल ‘शक्ति’ मा एउटा सानो क्यामियो गरेको थिएँ । मैले उक्त भूमिका निर्वाह गर्नुको थुप्रै कारण थिए । टिभी खासै प्रचलनमा नभएका बेला म यसमा आएको थिएँ । त्यसपछि मानिसहरुले बिस्तारै टिभी मन पराउन थाल्नुभयो । त्यो समय निकै उत्कृष्ट थियो । यो कुनै योजनाको हिस्सा थिएन । न नै यो मेरो शोका कारण थियो, थुप्रै च्यानल आएपछि मानिसहरु टिभीमा आकर्षित भएका थिए । ‘क्योंकि...’ र ‘कौन बनेगा करोडपति’ जस्ता कार्यक्रमका कारण पनि टिभी निकै प्रचलनमा आयो ।’
रोनितले थपे, ‘मैले यसबाट टाढा हुने निर्णय गरेँ । तर मैले यसलाई छोडेको भने छैन । मैले टिभीको सुरुवात देखेको छु । जब तपाईं एउटा लहरमा सवार भएर अघि बढ्नुहुन्छ तब त्यो लहर कतै न कतै ठोक्किएर समाप्त हुन्छ नै । यो कुराले तपाईंलाई चोट पुर्याउला । म त्यतिबेला टिभीको त्यो लहरमा थिएँ जब त्यसमा अचानक गिरावट आउन थाल्यो र योसँगै मैले पनि केही कुराको सामना गर्नुपर्ने सम्भावना छ भनेर बुझेँ । त्यतिबेला म ‘अदालत’ गरिरहेको थिएँ जुन निकै लोकप्रिय थियो र पाँच वर्षसम्म चल्यो । तर त्यतिबेला मैले कुरा बुझिसकेको थिएँ । परिवर्तन र लामो यात्राको स्थायित्व मेरा लागि महत्वपूर्ण थियो । जब परिवर्तनको सम्भावना समाप्त हुन्छ तब काम एकै प्रकारको हुन्छ । ममाथि पनि यस्तै भयो । यो विषयमा म सहज थिइनँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण