आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाले बन्द भएको उडान भोलिबाट खुल्ने, यात्रुले पुरा गर्नुपर्नेछ यी प्रक्रिया

आइतबार, ०४ असोज २०७७, १५ : १८
आइतबार, ०४ असोज २०७७

काठमाडौं । झण्डै ६ महिनापछि आफ्ना मागअनुसार नै उडान गर्न पाउने भएपछि वायुसेवा सञ्चालकहरुमा खुसी छाएको छ । भोलिदेखि आन्तरिक उडानका लागि सबै तयारी पुरा भएको वायु सेवा सञ्चालक संघका उपाध्यक्ष अनोज रिमालले जानकारी दिए ।

सरकारले ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्न भनेपछि वायुसेवा सञ्चालकले उडान गर्न नसकिने भन्दै विरोध गरेका थिए । अन्ततः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको ग्रिन सिग्नलले शतप्रतिशत नै यात्रु राखेर उडाउने तयारीमा एयरलाइन्सहरु छन् । मन्त्रालयले सबै वायुसेवा कम्पनीहरुलाई पत्राचार गर्दै सोमबार (५ असोज)बाट नियमित आन्तरिक उडान सुरु हुने जानकारी दिएका छन् । 

यति एयरलाइन्सका महाप्रबन्धक समेत रहेका रिमालले सो एयरलाइन्स सबै प्रक्रिया पुरा गरेर भोलिको दिन कुरेर बसेको बताउँछन् । हाललाई २५ प्रतिशत उडान हुनेछ । सबै विमानस्थलमा उडान हुनेछ । आवश्यकताअनुसार उडान संख्या बढाउने गरी भोलिबाट उडान शुरु हुन लागेको हो । 

यसअघि सरकारले भदौ १ गतेदेखि उडान गर्ने निर्णय गरेको थियो । सोहीअनुसार बायुसोवा कम्पनीहरुले उडानको तयारी गरे । तर पछि कोरोना संक्रमण बढेको भन्दै पुन १५ दिन उडान बन्द गर्ने सरकारी निर्णपछि वायुसेवा सञ्चालकहरु रुष्ट भएका थिए । फेरि भदौ  १६ गते पनि उडान गर्न नदिए आन्दोलनमा जाने चेतावनी समेत दिए । तर सो समयमा पनि उडान हुन सकेन । 

कोरोना महामारीका कारण करिब ६ महिना व्यावसायिक उडान बन्द हुँदो निजी क्षेत्रका हवाई सेवा कम्पनीहरूले ठुलो नोक्सानी बेहोरेको हवाई व्यवसायीको भनाइ छ । बन्दाबन्दीको समयमा केही राहत तथा चार्टर उडानबाहेक कुनै उडान हुन नसक्दा उड्डयन क्षेत्रले ठूलो नोक्सानी बेहोर्नुपरेको व्यवसायीको भनाइ छ । 

यस्तो हुनेछ प्रक्रिया

तपाई यात्रा गर्दै हुनुहुन्छ भने पहिलेभन्दा अहिले अलि फरक पाउनुहुनेछ कारण तपाइले पुरा गर्नुपर्ने प्रक्रिया विगतको भन्दा लामो हुनेछ । विमानस्थलको बाहिरी गेटमा नागरिक उड्डयन प्राधिकरणले तपाइको ताफक्रम चेक गर्नेछ । त्यसपछि तपाइ भित्र छिर्नुहुनेछ तर कसैलाई नछोइ  भौतिक दुरी कायम गर्दै । ७० वर्षभन्दा माथिका र दीर्घरोगीलाई यात्रा गर्न दिइने छैन । 

सम्बन्धित वायु सेवा संस्थालाई बुझाउने गरी हेल्थ डिक्लेरेसन फारम भर्नुपर्नेछ । यसका लागि बढीमा पाँच मिनेट लाग्नेछ । जसमा तपाइलाई कोभिडको कुनै लक्ष्क्ष्य नभएको उल्लेख गर्नुपर्ने हुन्छ । यदि कुनै लक्षण भए तपाइ यात्राका लागि योग्य हुनुहुन्न् । एयरलाइन्सका काउन्टरहरु डिसइन्फेकस गरिएको हुन्छ । तपाइलाई उसले स्यानिटाइजर, फेस सिल्ड, माक्स दिनेछ । उसले पनि तपाइको ताफक्रम ठिक छ छैन जाँच गर्नेछ ।  

बोर्डिङ पास लिएर तपाइ उडान भर्न विमानसम्म पुग्न बसमा चढ्नुपर्ने छ जसमा डिसइन्फेक्स गरिएको हुन्छ । प्लेनमा पालैपालो चढ्नुपर्नेछ । तर प्लेनभित्र सिटमा बस्दा तपाइको दुरी कायम हुनेछैन । तपाइको आडैको सिटमा अर्को यात्रु पनि बस्न पाउनेछ । उडानका लागि बनाएको सुरक्षा सम्बन्धि प्रोटोकल भने सबै एयरलाइन्सले पालना गर्नुपर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप