सोमबारको मौसम पूर्वानुमान
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाका अनुसार हाल उत्तरपूर्व बंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ साथै मनसुनको न्यून चापीय रेखा पश्चिम तर्फ नेपालमा रहेको छ र पूर्वतर्फ नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ।
महाशाखाले हाल देशभर सामान्य बदली रहेको छ भने प्रदेश १,२ का केहि स्थानहरूमा पूर्ण बदली रहि थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।
आज दिउँसो देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २ का केहि स्थानहरुमा हावाहुरिको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
यसैगरी, राति देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै, प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा हावाहुरिको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण