सोनू सूदले बताए कंगनाको फिल्म ‘मणिकर्णिका’ छोड्नु परेको कारण
सोनू सूदले हालै कंगना रनौतको फिल्म ‘मणिकर्णिका’ छोड्नुको कारण बताएका छन् । स्मरण रहोस्, सोनू सूदले यो फिल्मको आधाभन्दा बढी सुटिङ गरिसकेका थिए तर उनले बीचमा नै फिल्म छोडिदिएका थिए ।
हालै एक अन्तरवार्ताको क्रममा सोनूले यसबारे कुरा गर्दै भने, ‘कंगना मेरी वर्षौं पुरानो साथी हुन् र म उनको भावनालाई आहत पार्न चाहँदैनथेँ । जब मैले मणिकर्णिकाको एउटा ठूलो र निकै महत्वपूर्ण भागलाई सुटिङ गर्यौं तब मैले फिल्मका पहिलो निर्देशकलाई सुटिङ पुनः सुरु गर्न भनेको थिएँ तब उनले मलाई मेल पठाएर अब उनी उक्त प्रोजेक्टको हिस्सा नभएको बताए ।’
सोनूले भने, ‘कंगनाले आफू फिल्मलाई निर्देशन गर्न चाहेको बताइन् र यसमा उनलाई मेरो समर्थन चाहिएको बताइन् । मैले ठिक छ भने र फिल्ममा अत्यधिक मिहिनेत गरेका कारण पहिलो निर्देशकलाई पनि यसमा समावेश गर्नुपर्ने बताएँ । तर कंगना मानिनन्, उनले फिल्म आफैंले निर्देशन गर्ने बताइन् । त्यसपछि मैले फिल्मबाट मेरो ८० प्रतिशत सीन काटिएको पाएँ र जुन सीनलाई मैले नेरेट गरेको थियो, ती कुनै पनि थिएनन् । जब मैले कंगनालाई यसबारे भनेँ तब उनले त्यसलाई एक तरिकाले सुट गर्न चाहेको बताइन् । तर उनले मलाई जुन तरिकाले सुट गराउन चाहन्थिन् त्यसमा म सहज भइनँ । मैले फिल्मको पहिलो स्क्रिप्ट र निर्देशकका कारण फिल्म साइन गरेको बताउँदै फिल्मबाट निस्कन चाहेको बताएँ । मैले यसबारे केही कुरा पनि नगर्ने बताएँ ।’
सोनूले थपे, ‘मैले यो फिल्मलाई चार महिना दिएको थिएँ र थुप्रै प्रोजेक्ट छोडिदिएको पनि थिएँ । मलाई असाध्यै दुःख लागेको थियो तर मैले यसबारे कहिले पनि केही बोलिनँ ।’
सोनूले फिल्म छोडेपछि कंगनाले भनेकी थिइन्, ‘सोनू एक महिला निर्देशकसँग काम गर्न चाहँदैनथे ।’ यसमा सोनूको प्रतिक्रिया थियो, ‘मेरो बयान त्यस्तो थिएन । मैले कहिले पनि भनिनँ कि म एक महिला निर्देशकसँग काम गर्दिनँ । म यसअघि फराह खानसँग काम गरिसकेको छु । मात्र यो भनेको थिएँ कि एउटा सेटमा दुईजना निर्देशकसँग काम गर्न सक्दिनँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण