नाभाल्नी जर्मन अस्पतालबाट डिस्चार्ज
बर्लिन । रुसका विपक्षी नेता अलेक्सी नाभाल्नीको उपचार गरिरहेको जर्मनीको एक अस्पतालले नाभाल्नीको स्वास्थ्यमा सुधार आएको भन्दै अस्पतालबाट ३२ दिनपछि डिस्चार्ज गरेको छ । नाभाल्नीलाई खानामा नोभिचोक नामको रसायन मिसाएर खुवाइएपछि बेहोस अवस्थामा जर्मनीको च्यारिटी अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालले नाभाल्नीको उपचारमा संलग्न फिजिसियनले स्वास्थ्य अवस्था पूर्णरुपमा सुधार भएको जनाएको छ । तर चिकित्सकहरुले विषको दिर्घकालीन असरका बारेमा अहिल्यै बताउन कठिन रहेको बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक मानिने ४२ वर्षीय नाभाल्नीलाई रुसको आन्तरिक उडानका क्रममा गत अगष्ट २० मा अचेत भएपछि दुई दिनपछि थप उपचारका लागि जर्मनी ल्याइएको थियो ।
जर्मनीका रासायनिक हतियार विज्ञहरुले नाभाल्नीलाई सोभियतकालीन रासायनिक विषाक्त नोभिचोक खुवाएको दाबी गरेका छन् । रसियाले नाभाल्नीमाथि रासायनिक तत्व नोभिचोक खुवाइएको बारेमा विस्तृत विवरण रसियालाई उपलब्ध गराउन जर्मनीसमक्ष आग्रह गरेको छ । नाभाल्नीमाथि भएको भनिएको आक्रमणलाई लिएर रसिया र पश्चिमा राष्ट्रबीच आरोपप्रत्यारोप जारी छ । –एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण