विश्वका ५ करोडभन्दा बढी मानिस जलवायु परिवर्तनको प्रकोपबाट प्रभावित
एजेन्सी । विश्वका ५ करोड १६ लाख व्यक्ति जलवायु परिवर्तन सम्बन्धी प्रकोपबाट प्रभावित भएका बताइएको छ । जलवायु परिवर्तनसम्बन्धी प्रकोपहरु जस्तै बाढीपहिरो, खडेरी आँधीबेहरीजस्ता प्रकोपबाट उनीहरु प्रभावित हुन पुगेका बुधबार प्रकाशित एक प्रतिवेदनमा जनाइएको छ ।
इन्टरनेसनल फेडरेसन अफ रेडक्रस र रेड क्रिसेन्ट सोसाइटी (आईएफआरसी) को क्लाइमेट सेन्टरले बुधबार प्रकाशन गरेको त्यस अनुसन्धान प्रतिवेदनमा जानकारी दिइएको छ । कोभिड १९ ले पनि प्रत्यक्ष रूपमा मौसम सम्बन्धित प्रकोपबाट प्रभावित व्यक्तिहरुलाई असर पार्दै दुःख बढाइरहेको अध्ययनले प्रकाशन गरेको प्रतिवेदनममा जनाइएको छ । जलवायु सम्बन्धी आपतकाल र महामारीको संयुक्त प्रभावको विशाल रुपमा प्रदर्शन हुदै आएको सो प्रतिवेदनमा जनाइएको छ ।
उक्त प्रतिवेदनमा उल्लेख गरिए अनुसार विश्वका कैयौँ मानव समुदायहरुमा एकपछि अर्को गर्दै जोखिमको मात्रा बढाइदिएको प्रमाणित भएको पनि जनाइएको छ । सन् २०२० मा अहिलेसम्मको मौसमी प्रकोपका १३२ घटनाहरुमा ९२ ओटा कोभिड १९ को महामारीको साथ भएको पनि देखिएको बताइएको हो ।
कम्तीमा ५ करोड १६ लाख मानिसहरूलाई बाढी, खडेरी वा आँधीबेहरी र कोभिड १९ बाट प्रत्यक्ष प्रभावित भएको तथ्यांक सो प्रतिवेदनमा उल्लेख गरिएको छ । बाढी, खडेरी वा आँधीबेहरीबाट ३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएका सोे प्रतिवेदनमा देखाइएको छ । यस प्रकोपबाट सबैभन्दा धेरै प्रभाव भारत र बङ्गलादेशमा परेको यी दुई देशको करिब ४ करोड व्यक्ति बाढी, आँधी र कोभिड १९ वाट प्रभावित भएका छन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण