शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँका लागि जिउँदो च्याङ्ग्रा ल्याइदिने ठेकेदार खोज्दै खाद्य व्यवस्था कम्पनी

शुक्रबार, ०९ असोज २०७७, १४ : ५७
शुक्रबार, ०९ असोज २०७७

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि जिउँदो च्याङ्ग्रा ल्याउने कम्पनीको  लागि बोलपत्र आव्हान गरेको  छ । जोसोम बाट १ हजार जिउँदो च्याङ्ग्रा काठमाडौ प्रादेशिक कार्यालयसम्म ल्याइदिने कम्पनीको लागि आव्हान गरेको  हो । सो च्याङ्ग्रा ढुवानी गर्न चाहने कम्पनीले २५ हजार रुपैयाँ धरौटी राख्नुपर्नेछ । शिलबन्दी दरभाउपत्र खरिद मिति असोज २३ गते र दरभाउपत्र असोज २५ गते दिनको २ बजे खोलिनेछ ।

दरभाउपत्र स्वीकृत भएको ५ दिनभित्र सम्झौता भइ तोकेकै समयमा च्याङ्ग्रा ढुवानी गरिनुपर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।  बजारमो माग र आवश्यकता अनुसार च्याङ्ग्रा खरिद ढुवानी थपघट हुन सक्नेछ ।  ढुवानी गर्न चाहने कम्पनी मूल्य अभिबृद्धिकरमा दर्ता भएको र २०७५/७६ सम्मको करचुक्ता भएको हुनुपर्ने भनिएको छ ।

खाद्य कम्पनीले यसवर्ष ३ हजार खसीबोका तथा च्याङ्ग्रा ल्याउने बताएको छ । हरेक बर्वाको दशैमा खाद्यले खसी बोका तथा च्याङ्ग्रा ल्याउने गरेको छ । अन्य भन्दा केही सस्तोमा पाइने खाद्यले जनाएको छ । उसले सस्तोमा दिदा नीजि व्यवसायीलाई पनि मूल्य नियन्त्रण गर्न दवाब पर्ने खाद्यको बुझाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप