दसैँका लागि जिउँदो च्याङ्ग्रा ल्याइदिने ठेकेदार खोज्दै खाद्य व्यवस्था कम्पनी
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि जिउँदो च्याङ्ग्रा ल्याउने कम्पनीको लागि बोलपत्र आव्हान गरेको छ । जोसोम बाट १ हजार जिउँदो च्याङ्ग्रा काठमाडौ प्रादेशिक कार्यालयसम्म ल्याइदिने कम्पनीको लागि आव्हान गरेको हो । सो च्याङ्ग्रा ढुवानी गर्न चाहने कम्पनीले २५ हजार रुपैयाँ धरौटी राख्नुपर्नेछ । शिलबन्दी दरभाउपत्र खरिद मिति असोज २३ गते र दरभाउपत्र असोज २५ गते दिनको २ बजे खोलिनेछ ।
दरभाउपत्र स्वीकृत भएको ५ दिनभित्र सम्झौता भइ तोकेकै समयमा च्याङ्ग्रा ढुवानी गरिनुपर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । बजारमो माग र आवश्यकता अनुसार च्याङ्ग्रा खरिद ढुवानी थपघट हुन सक्नेछ । ढुवानी गर्न चाहने कम्पनी मूल्य अभिबृद्धिकरमा दर्ता भएको र २०७५/७६ सम्मको करचुक्ता भएको हुनुपर्ने भनिएको छ ।
खाद्य कम्पनीले यसवर्ष ३ हजार खसीबोका तथा च्याङ्ग्रा ल्याउने बताएको छ । हरेक बर्वाको दशैमा खाद्यले खसी बोका तथा च्याङ्ग्रा ल्याउने गरेको छ । अन्य भन्दा केही सस्तोमा पाइने खाद्यले जनाएको छ । उसले सस्तोमा दिदा नीजि व्यवसायीलाई पनि मूल्य नियन्त्रण गर्न दवाब पर्ने खाद्यको बुझाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण