साम्राज्ञीको हातमा ३ फिल्म
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको पछिल्लो समयकी डिमान्डकी हिरोइन् हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । भुवन केसीले निर्माण गरेको फिल्म ‘ड्रिम्स’बाट अभिनयमा डेब्यु गरेकी शाहलाई यो फिल्मको रिलिजपछि पछाडी पर्किएर हेर्नु परेको छैन । एकपछि अर्काे फिल्म उनको हातमा परिरहेको छ ।
केही अगाडि अभिनेता भुवन केसीसँग शाहको दुर्व्यवहारको आरोपका कारण चर्चामा आएकी थिइन् । उक्त लफडाको कारण शाहको फिल्मी करियर डुब्ने अनुमान धेरैको थियो । तर शाहसँग भने अहिले एकपछि अर्काे फिल्ममा धमाधम अनुबन्धित भइरहेकी छन् ।
गतवर्ष ‘मारुनी’ र ‘रातो टीका निधारमा’ दुवै असफल फिल्म दिएकी उनको हातमा अहिले तीन फिल्म छन् । भने केही निर्माता आफ्नो फिल्म अभिनयका लागि उनको ग्रीन सिग्नलको प्रतिक्षामा छन् ।
उनको हातमा रहेको फिल्ममा निर्देशक हेमराज विसीको ‘एक’, ‘रेड वाइन’ र ‘हुतुतु’ हुन् ।
हेमराजको फिल्म उनले गत वर्ष नै साइन गरेकी थिइन् । अभिनेता प्रदीप खड्कासँग अपोजिट रहने यो फिल्म कोरोनाको कहर सकिने बित्तिकै छायाँकनमा निस्कने तयारीमा छ ।
त्यस्तै ‘रेड वाइन’ भने उनले गत मङ्गलबार साइन गरेकी हुन् । रमेश एमके पौडेलको निर्देशन रहने फिल्ममा उनी अभिनेता पल शाहको जोडीको रुपमा देखिनेछिन् ।
हुन त उनी ‘प्रेमगीत’ सिरिज निर्माण गर्दै आएको आशुसेन फिल्मस्को नयाँ फिल्म ‘हुतुतु’मा पनि रहने चर्चा छ । यो विषयमा आधिकारीक धारण निर्माण युनिटले सार्वजनिक गरेको छैन । न त साम्राज्ञीले यस विषयमा मुख खोलीका छिन् । तर, बाहिर भने ‘हुतुतु’ उनी देखिने पक्कपक्की भएको चर्चा छ । यदी ‘हुतुतु’का लागि पनि उनी फाइनल भएकी भए अहिले उनको हातमा तीन फिल्म छन् ।
यी तीनै फिल्म कोरोनाको कहर सकिएपछि छायाँकनमा जाने गरेर तयारी गर्दैछन् । एकै पटक तीन फिल्म छायाँकनमा निस्किए भने समय मिलाउन उनलाई पक्कै पनि कठिन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण