बङ्गलादेशमा ७५ प्रतिशत व्यक्ति कोभिड–१९ सङ्क्रमणमुक्त
शनिबार, १० असोज २०७७, २२ : ४९
एजेन्सी । बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमित विरामीमध्ये ७५.१ प्रतिशत व्यक्ति सङ्क्रमणमुक्त भएको राष्ट्रिय स्वास्थ्य सेवा महानिर्देशनालयले शनिबार जानकारी गराएको छ । मुसलमान बहुल एसियाली यो मुलुकमा पछिल्लो २४ घण्टामा एक हजार १०६ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको र यसका कारण ३६ जनाको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ ।
योसँगै बङ्गलादेशमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ५७ हजार ६७३ पुगेको छ भने पाँच हजार १२९ सङ्क्रमितको मृत्यु भएको छ । यहाँ अहिलेसम्म सङ्क्रमणमुक्त भएका विरामीको सङ्ख्या दुई लाख ६८ हजार ७७७ अर्थात् ७५.१ प्रतिशत रहेको छ भने सङ्क्रमितको मृत्युदर १.४३ प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाँतको उपचार गराउन प्रधानमन्त्री प्रचण्ड वीर अस्पतालमा (तस्बिरहरु)
-
राजनीतिक स्वार्थ अनुसार निर्णय गर्ने थलो बन्दै महान्यायाधिवक्ताको कार्यालय
-
प्रधानमन्त्रीलाई नै निर्णय गर्न असहज हुने प्रावधान नराखौँ : मन्त्री शर्मा
-
प्रभु बैंक र न्युरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटलबिच छुट सम्झौता
-
कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्छ : अध्यक्ष नेपाल
-
नयाँ सरकार गठनको आह्वान भए तत्काल दाबी पेस गर्ने तयारी