रौतहटमा खोलामा डुबेर युवकको मृत्यु
सोमबार, १२ असोज २०७७, १० : २४
रौतहट – रौतहटको कटहरिया नगरपालिका वडा ९ डुमरिया गाउँ छेउ मुसहरी टोलका एक युवकको खोलामा डुबेर ज्यान गएको छ ।
कटहरिया न.पा.९ मुसर टोल वस्ने भरत माझीको छोरा वर्ष २८ को किश्वरी माझिको गाउँ छेउमा रहेको झांझ खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सौच गर्न नजिकै रहेको झाजखोलाको किनारमा गएकोमा घर नफर्किएकोले रातिनै निजको आफन्तले खोजतलास गर्दा फेला परेको थिएन ।
हिजो सांझ ईलाका प्रहरी कार्यालय कटहरियाको टोलि र स्थानीयको सहयोगमा खोज तलास गर्दा झांजखोलामा डुबी मृत अवस्थामा खोलाको किनारमा निजको शव फेला परेको सई लतिफ अन्सारीले बताएका छन् ।
मृतकको शव पोष्ट मार्टमको लागि सरकारी अस्पताल चन्द्रनिगाहपुर पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण