रौतहटमा खोलामा डुबेर युवकको मृत्यु
सोमबार, १२ असोज २०७७, १० : २४
रौतहट – रौतहटको कटहरिया नगरपालिका वडा ९ डुमरिया गाउँ छेउ मुसहरी टोलका एक युवकको खोलामा डुबेर ज्यान गएको छ ।
कटहरिया न.पा.९ मुसर टोल वस्ने भरत माझीको छोरा वर्ष २८ को किश्वरी माझिको गाउँ छेउमा रहेको झांझ खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सौच गर्न नजिकै रहेको झाजखोलाको किनारमा गएकोमा घर नफर्किएकोले रातिनै निजको आफन्तले खोजतलास गर्दा फेला परेको थिएन ।
हिजो सांझ ईलाका प्रहरी कार्यालय कटहरियाको टोलि र स्थानीयको सहयोगमा खोज तलास गर्दा झांजखोलामा डुबी मृत अवस्थामा खोलाको किनारमा निजको शव फेला परेको सई लतिफ अन्सारीले बताएका छन् ।
मृतकको शव पोष्ट मार्टमको लागि सरकारी अस्पताल चन्द्रनिगाहपुर पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने
-
वर्षा नभएपछि म्याग्दीमा वरुण पूजा
-
काठमाडौँबाट अमेरिका पठाउने नाममा ठग्ने गिरोह सक्रिय
-
मुख्यमन्त्रीले विश्वासको मत नपाउने भएपछि प्रदेशसभा बैठक स्थगित
-
झारखन्डका पूर्वमुख्यमन्त्री सोरेनलाई अदालतको झट्का
-
सरकारको आँकलन : एक वर्षको अवधिमा विपद्बाट १ अर्ब २३ करोड रुपैयाँको क्षति