९३ औं अस्कर अवार्डका लागि आवेदन खुल्ला
काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले ९३ औं अस्कर अवार्डमा सहभागिताका लागि आवेदन खुला गरेको छ । समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै अस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक नेपाली फिल्मकर्मीलाई सहभागिताका लागि आवेदन खुल्ला गरेको हो ।
असोज १३ गतेदेखि असोजको २९ गतेभित्रमा आफ्नो फिल्म नेपालको अस्कर कमिटीलाई बुझाउनुपर्ने प्रावधान राखिएको छ । यसअघि फ्रेब्ब्रुअरीमा हुँदै आएको अवार्ड कोरोना महामारीका कारण दुई महिना पर धकेलिएको थियो । नयाँ मितिअनुसार अस्कर अवार्ड अप्रिल २५ का दिन आइतबार लसएञ्जल्सको डल्बी थिएटरमा आयोजना हुनेछ ।
महामारीकै कारण अस्करले सहभागिताका लागि केही नियममा पनि परिवर्तन गरेको थियो । परिवर्तित नियममा महामारीका कारण रिलिज गर्ने समय तोकेर पनि रिलिज हुन नसकेको फिल्मले पनि सहभागिता जनाउन पाउने लचिलो प्रावधान ल्याएको हो ।
अघिल्ला वर्षहरुमा कुनै पनि फिल्म हलमा रिलिज भएर हप्ता दिनसम्म चलेकै हुनुपर्ने नियम थियो । तर, यो साल यसरी हलमा रिलिज हुन नसकेका फिल्मले पनि अस्करको प्रतिस्पर्धामा सामेल हुन पाउनेछन् । यसका लागि सम्बन्धित फिल्मले सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट फिल्म रिलिज रोकिएको पत्र नेपालको अस्कर कमिटीलाई बुझाउनुपर्नेछ ।
नेपालमा विमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेसनल फिचर फिल्म कार्यकारी समिति रहेको छ । जसमा राजेन्द्र शलभ, लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय, लोकेन्द्र पराजुली, राजुबिक्रम थापा, चिरञ्जीवी गुरागाँई र सामिप्यराज तिमल्सेना सदस्य रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्लभ रोगको चारवर्षे कठिन उपचार यात्रा : थोरै तंग्रिए, पूरै निको हुन पुग्दैन खर्चले
-
भूमि व्यवस्थापनका लागि भएका कामकारबाहीको जानकारी गराउन निर्देशन
-
पहिरोले अवरुद्ध कालीगण्डकी कोरिडोर ८ घण्टापछि सञ्चालन
-
भुजेल संस्कृति संरक्षण गरिँदै
-
ईयूका २७ राष्ट्रभर साना बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्धको तयारी
-
लन्डनमा सार्वजनिक भयो नयाँ तीज गीत ‘छम्म छम्म नाचौंला’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण