पछिल्लो ६ महिनादेखि हरेक घण्टा ९० करोड भारु कमाइरहेका छन् मुकेश अम्बानी
मुकेश अम्बानीले पछिल्लो ६ महिनादेखि हरेक घण्टा ९० करोड भारु कमाइरहेका छ । त्यो पनि यस्तो समयमा जब कोरोनाका कारण आर्थिक गतिविधि ठप्प भइरहेको छ । यो जानकारी इन्डिया र आइआइएफएल वेल्थ म्यानेजमेन्ट लिमिटेडले आफ्नो रिपोर्टमा दिएको छ । आइआइएफएल वेल्थ हुरुन इन्डिया रिच लिस्ट–२०२० को नवौं संस्करण मंगलबार जारी गरिएको छ । ३१ अगस्ट २०२० सम्म १ हजार करोड भारु र त्योभन्दा बढि सम्पत्ति भएका भारतका सबैभन्दा धनी व्यक्तिलाई यो सूचीमा राख्ने गरिन्छ ।
नवौं वर्ष लगातार पहिलो स्थानमा अम्बानीः
यो सूचीमा रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्बानी लगातार नवौं स्थानमा शीर्ष स्थानमा छन् । रिपोर्टका अनुसार मुकेश अम्बानीको कूल आय ६,५८,४०० करोड भारु छ । पछिल्लो १२ महिनामा उनको कूल सम्पत्तिमा ७३ प्रतिशतको वृद्धि भएको छ । सन् २०२० को एडिशनमा ८२८ भारतीय समावेश छन् ।
रिपोर्टका अनुसार ६३ वर्षका अम्बानीले लकडाउनका बेला अर्थात् मार्चदेखि अगस्टबीच हरेक घण्टा ९० करोड भारुको हिसाबले कमाई गरेका छन् । हालको समयमा अम्बानी एशियाको सबैभन्दा धनी व्यक्ति र संसारभरीका चौथो धनाढ्य बनेका छन् ।
अम्बानीपछि हिन्दुजा ब्रदर्स दोस्रो स्थानमाः
लण्डन स्थित हिन्दुजा दाजुभाइ (एसपी हिन्दुजा, आफ्ना ती भाइसँग) १,४३,७०० करोड भारुको सम्पत्तिका साथ दोस्रो स्थानमा छन् । सूचीको तेस्रो स्थानमा १,४१,७०० करोडको सम्पत्तिसहित एचसीएलका संस्थापक शिव नाडर हुन् । त्यसपछि चौथो स्थानमा गौतम अडानी परिवार र पाँचौं स्थानमा अजम प्रेमजी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण