शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कुवेतमा नयाँ अमिरले सम्हाले जिम्मेवारी

बुधबार, १४ असोज २०७७, २३ : ०७
बुधबार, १४ असोज २०७७

एजेन्सी । कुवेतमा शेख नवाफ अल अहमद अल सबाले नयाँ अमिरको जिम्मेवारी सम्हालेका छन् । बुधबार उनले नयाँ अमिरको जिम्मेवारी सम्हालेका हुन् । उनले आफ्ना सौतेनी भाई शेख सबा अल अहमद अल सबाको निधन भएको भोलिपल्ट नयाँ अमिरको जिम्मेवारी लिएका छन् । अल सबाको अमेरिकामा उपचारका क्रममा निधन भएको थियो । कुवेतको शासन व्यवस्थामा अमिर राज्य प्रमुख र अर्का एकजना सरकारप्रमु हुने राजनीतिक परम्परा  रहेको छ । 

शेख नवाफसँग लामो समय रक्षा सेवामा काम गरेको अनुभव रहेको छ । यद्यपि, फबु्रअरी २००६ देखि क्राउन प्रिन्सको पदमा रहेका शेख नवाफले कुनै पनि राजीतिक निर्णयमा महत्वपूर्ण भूमिका खेलेका छैनन् । उनी शान्तिपूर्ण राजनीतिमा विश्वास गर्छन् । उनका अगाडि सबैभन्दा ठूलो चूनौती भनेको देशको बिग्रँदो अर्थतन्त्रको सुधार गर्नु हो ।

उता, दिवंगत शेख सवाको अन्त्येष्टि भने कोरोना महामारीका कारण सामान्य ढंगले गरिने कुवेतको आधिकारिक समाचार एजेन्सी कुनाले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप