कुवेतमा नयाँ अमिरले सम्हाले जिम्मेवारी
एजेन्सी । कुवेतमा शेख नवाफ अल अहमद अल सबाले नयाँ अमिरको जिम्मेवारी सम्हालेका छन् । बुधबार उनले नयाँ अमिरको जिम्मेवारी सम्हालेका हुन् । उनले आफ्ना सौतेनी भाई शेख सबा अल अहमद अल सबाको निधन भएको भोलिपल्ट नयाँ अमिरको जिम्मेवारी लिएका छन् । अल सबाको अमेरिकामा उपचारका क्रममा निधन भएको थियो । कुवेतको शासन व्यवस्थामा अमिर राज्य प्रमुख र अर्का एकजना सरकारप्रमु हुने राजनीतिक परम्परा रहेको छ ।
शेख नवाफसँग लामो समय रक्षा सेवामा काम गरेको अनुभव रहेको छ । यद्यपि, फबु्रअरी २००६ देखि क्राउन प्रिन्सको पदमा रहेका शेख नवाफले कुनै पनि राजीतिक निर्णयमा महत्वपूर्ण भूमिका खेलेका छैनन् । उनी शान्तिपूर्ण राजनीतिमा विश्वास गर्छन् । उनका अगाडि सबैभन्दा ठूलो चूनौती भनेको देशको बिग्रँदो अर्थतन्त्रको सुधार गर्नु हो ।
उता, दिवंगत शेख सवाको अन्त्येष्टि भने कोरोना महामारीका कारण सामान्य ढंगले गरिने कुवेतको आधिकारिक समाचार एजेन्सी कुनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण