बजाजले नेपालमा ल्यायो नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस
काठमाडौं । बजाज मोटरसाइकलका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले आज नेपालमा नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस भित्र्याएको छ ।
नयाँ एभेन्जर स्ट्रीट १६० स्पोर्टस् डिजाइनमा आएको छ र शहरका लागि केहि भिन्न रुपमा देखा पर्नेहरुका लागि बनाइएको कम्पनीले बताएको छ । यसमा रोडस्टर डिजाइनको हेडल्याम्प छ र एलईडी डीआरएलका साथ यसले दिर्घकालिन छाप सृजना गर्दछ । यसमा शहर र हाईवेका लागि सहज गतिशीलता प्रदान गर्न स्ट्रीट कन्ट्रोल ह्यान्डिलबारहरु पनि छन् ।
यो १६०सीसी डीटीएस—आई इन्जिनद्वारा संचालित छ जसले १६०ः१५ पीएस पावर र १३.५ एनएम टर्क उत्पादन गर्दछ । यसले ५-स्पीड म्यानुअल ट्रान्समीसन पनि प्रयोग गर्दछ ।
सुरक्षाका लागि बजाज एभेन्जर स्ट्रीट १६० अगाडि २८० एमएम डिस्क ब्रेक र पछाडि भागमा १३० एमएम ड्रम ब्रेकको साथ आउँदछ । ब्रेकका इकाईहरु मानकको रुपमा एकल च्यानल एबीएससँगै छन् ।
चालकको आरामको लागि यो लामो स्लङ्ग, लामो सिट र फुटरेस्ट स्थानमा साथ आउँदछ । नयाँ एभेन्जर स्ट्रीट १६० स्पाईसी रेड र इबोनी ब्ल्याक कलर भेरियन्टमा शुरुवाती मुल्य रु. ३,१९,९०० मा असोज १५ गतेदेखि देशभर उपलब्ध हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रममा सरकारको नीति तथा कार्यक्रम : नयाँ श्रम गन्तव्य मुलुक खोज्नेदेखि श्रमको अडिटसम्म
-
कांग्रेसबाट संसद्मा अशोभनीय काम भयो : अर्थमन्त्री पुन
-
फैसलाको आशमा उच्च अदालत अगाडि भिड, तस्बिरहरू
-
सगरमाथा आरोहणका क्रममा दुई मङ्गोलियन नागरिक सम्पर्कविहीन
-
यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था
-
पारित भएन ‘धन्यवादको प्रस्ताव’ : जेठ ३ गतेसम्म प्रतिनिधि सभा बैठक स्थगित