बिग बस १४ः सलमान खानको शोका लागि राधे मांले पाइरहेकी छिन् यति मोटो रकम
सलमान खानको शोमा राधे मांलाई प्रतिस्पर्धीको रुपमा ल्याइएको खबर सार्वजनिक भएपछि बिस बस–१४ का लागि दर्शक निकै उत्साहित छन् । हालै निर्माताले राधे मांको झलक भएको एउटा प्रामो भिडियो जारी गरेका थिए । यो भिडियोलाई हेर्दा यस्तो लाग्छ कि राधे मां बिग बसको घरमा इन्ट्रि लिइरहेकी छिन् र ब्याकग्राउन्डबाट उनको आवाजमा भक्तिमय सङ्गीत बजिरहेको छ । यस्तै भारतीय मिडियामा प्रकाशित एक रिपोर्टमा राधे मां सलमान खानको रियालिटी शोकी हाइयेस्ट पेड सेलिब्रिटीमध्ये एक भएको बताइएको छ ।
बलिउडलाइफ डट कमको एक रिपोर्ट अनुसार राधे मांलाई कार्यक्रमको हिस्सा बन्नका लागि सबैभन्दा धेरै पारिश्रमिक दिइएको छ । रिपोर्टमा बताइए अनुसार आफूलाई ‘गुडवुमन’ बताउने राधे मांलाई कार्यक्रममा प्रतियोगी बन्नका लागि प्रति हप्ता २५ लाख भारु दिइने छ । राधे मां बिग बस १४ की सर्वाधिक महँगो पाहुनाका साथै यो सिजनकी सबैभन्दा चर्चित प्रतियोगीमध्ये एक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण