श्रीलङ्कामा मुसे ज्वरोबाट यो वर्ष ७० भन्दा बढीको मृत्यु, ६ हजारभन्दा बढी सङ्क्रमित
एजेन्सी । श्रीलङ्कामा सन् २०२० मा मुसे ज्वरोबाट सङ्क्रमित ७० जनाको मृत्यु भएको र करिब ६ हजारभन्दा बढी विरामी परेको स्वास्थ्य मन्त्रालय सरुवा रोग नियन्त्रण एकाइले शुक्रबार जानकारी गराएको छ । देशको मध्य–दक्षिण क्षेत्र रत्नपुरामा सबैभन्दा बढी बिरामीहरू भेटिएको पनि सरकारी तथ्याङ्कमा उल्लेख छ । एकाइका अनुसार बिरामीहरुको सङ्ख्यामा जनवरी, फेब्रुअरी र मेमा वृद्धि भएको देखिएको छ ।
यो वर्ष मुसे ज्वरोको सङ्क्रमण रत्नपुरामा एक हजार ३०० भन्दा बढी बिरामीहरूमा देखिएको छ भने कोलम्बोको बाहिरी भागमा पर्ने कलुतारामा २०० भन्दा बढी बिरामीहरू भेटिएका छन् । त्यस्तै दक्षिणी शहर ग्यालमा पनि २०० भन्दा बढी व्यक्ति उक्त समस्याबाट पीडित भएका छन् । सन् २०१९ मा पनि छ हजार २१ व्यक्ति मुसे ज्वरोको समस्याबाट पीडित बनेका थिए । खास गरी किसान, सरसफाईकर्मी र प्रदुशित पानीमा खेल्ने व्यक्ति उक्त ज्वरोका कारण बढी प्रभावित बनेका थिए ।
चिकित्सकहरूका अनुसार मुसे ज्वरो आएका विरामीहरूमा शरीरमा उच्च तापक्रम हुने, चिसो महशुस हुने, मांसपेशी दुख्ने र कमजोर हुने, टाउको दुख्ने पिसाब कम लाग्ने लक्षणहरू पाइने गर्छन् । यो समस्याबारे तत्काल चिकित्सकको परामर्श लिई उपचार सेवा नलिँदा ज्यानै जाने खतरा पनि हुने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण