कोरोना महामारीः चीनलाई उछिन्दै नेपाल
काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको संख्या ८४,५७० पुगेको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिङमा दिइएको जानकारी अनुसारपछिल्लो २४ घण्टामा देशभर २ हजार १ सय २० जना संक्रमित थपिएसँगै कुल संक्रमितहरुको संख्या ८४ हजार ५ सय ७० पुगेको हो ।
योसँगै नेपालको संक्रमित संख्या चीनको हाराहारी पुगेको छ । पछिल्ला दिन दैनिक रुपमा देखिँदै गएको संक्रमितहरुको दर आइतबार पनि कायम रहने सम्भावना छ । यसो हुँदा आइतबार नेपालले चीनलाई जित्ने देखिएको छ । चीनमा अहिले कुल संक्रमितको संख्या ८५ हजार ४ सय ३४ रहेको छ भने नेपालको शनिबारसम्मको कुल संख्या ८४ हजार ५ सय ७० पुगेको छ । नेपालमा सरदर दैनिक २ हजारभन्दा बढी संक्रमित देखिरहेकाले आइतबार नेपालले चीनलाई जित्ने निश्चित प्रायः छ ।
विश्वभर फैलिनुअघि चीनकै उहानबाट सुरु भएको कोरोना महामारी अहिले त्यहाँ कन्ट्रोल भैसकेको छ । शनिबार चीनमा निकै कम १० जना नयाँ संक्रमितहरु देखा परेका छन् । त्यहाँ ४ हजार ६ सय ३४ जनाको संक्रमणबाट मृत्यु भएको छ भने पछिल्ला महिना संक्रमणबाट मृत्यु भएको छैन । सुरुमा चीनमा देखिएको सो महामारी युरोप हुँदै पछिल्लो समयमा अमेरिका, भारत, ब्राजिल फैलिएको छ । नेपालमा पनि निकै तिब्र रुपमा संक्रमितहरुको संख्या बढिरहेको छ । नेपालमा शनिबार १२ हजार ९७८ जनामा पीसीआर परीक्षण हुँदा २१ सय २० जनामा संक्रमण पुष्टि भएको हो। यस्तै काठमाडौंमा १००१, भक्तपुरमा ६७ र ललितपुरमा १०९ गरी उपत्यकामा ११७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्यमन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
यस्तै देशभर सक्रिय संक्रमित २१ हजार ३०२ रहेका छन् भने संस्थागत आइसोलेशनमा ९ हजार ७७३ र होम आइसोलेशनमा ११ हजार ५२९ रहेका छन् । त्यस्तै २४ घण्टामा थप २०४४ जना निको भएसँगै हालसम्म निको हुनेको कुल संख्या ६२,७४० पुगेको गौतमले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुल बसमा आगजनीप्रति भरतपुर महानगरको आपत्ति
-
रवि प्रकरण : बागमती प्रदेश सभा पनि ठप्प पार्ने कांग्रेसको चेतावनी, बचाउमा एमाले
-
मन्त्रालयको टुङ्गो नलागेपछि रञ्जुले लिइनन् शपथ
-
विभिन्न भिसामा विदेश गएर काम गरिरहेकाहरूलाई अब ‘वैधानिकीकरण श्रम स्वीकृति’
-
नेपालले आफ्नै रु पे कार्ड ल्याउँदैछ : गभर्नर
-
राष्ट्र बैंकद्वारा भुक्तानी सेवा प्रदायक इ–नेट पेमेन्टको लाइसेन्स खारेज