परीक्षण गरिएकामध्ये १६ प्रतिशतमा कोेरोना
काठमाडौँ – शनिबार नेपालमा थप दुई हजार १२० व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । एक दिनअघि दुुई हजार ७२२ जनामा कोरोना सङ्क्रमण भएको थियो ।
परीक्षण गरिएकामध्ये १६ प्रतिशतमा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ९७८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार १२० जनामा
सङ्क्रमण देखिएको हो । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ८४ हजार ५७० पुगेको र हालसम्म देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ३०२ रहेको जानकारी दिए ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप दुई हजार ४४ जना निको भएका छन् । योसहित नेपालमा कोरोना निको हुनेको कुल सङ्ख्या ६२ हजार ७४० पुगेको छ ।
यस्तै देशभरका क्वारेन्टाइनमा चार हजार २७३ जना छन् । होम आइसोलेसनमा ११ हजार ५२९ तथा संस्थागत आइसोलेसनमा नौ हजार ७७३ जना छन् । शनिबार काठमाडौँ उपत्यकामा थप एक हजार १७७ व्यक्तिमा सङ्क्रमण देखिएको छ । शुक्रबार उपत्यकामा एक हजार ६३८ जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।
प्रवक्ता डा. गौतमले काठमाडौँ जिल्लामा एक हजार एक, भक्तपुुरमा ६७ र ललितपुरमा १०९ जनामा गरी कुल एक हजार १७७ जनामा सङ्क्रमण देखिएको छ । अब उपत्यकामा सङ्क्रमितको कुल सङ्ख्या २७ हजार ९१८ पुगेको छ । जसमध्ये काठमाडौँमा २२ हजार ६७४, ललितपुरमा दुई हजार ७९६ र भक्तपुरमा दुई हजार ४४८ जना व्यक्तिमा सङ्क्रमण देखिइसकेको छ ।
देशभर थप आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात जिल्लाका दुई महिला र छ पुरुष गरी थप आठ जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण