बाजेको सेकुवामा कस्मोपोलिटियन सेफ कुमार चालिसे आबद्ध
काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फ्राञ्चाइजको आक्रामक विस्तारको योजना बनाएको ‘बाजेको सेकुवामा सेफ कुमार चालिसे आवद्ध भएका छन् । खानाहरुलाई थप गुणस्तरीय बनाउन र विभिन्न स्वादका नेपाली परिकारको विकास गर्ने उद्धेश्य सहित सेफ चालिसेलाई आवद्ध गराएको बाजेको सेकुवाका सन्चालक चेतन भन्डारीले बताए ।
‘कर्पोरेट सेफ’का रुपमा विगत २२ वर्ष देखी खाना तथा आतिथ्य क्षेत्रमा संलग्न चालिसे असोज १५ गतेदेखी बाजेको सेकुवामा आवद्ध भएका हुन्। उनले विगतमा पनि बाजेको सेकुवासँग परामर्शदाताका रुपमा आवद्ध भइ झानेको सेकुवा सेट, झोल मम, मटन पक्कु लगायतका खानाको विकासमा मद्धत गरेका थिए ।
सेफ चालिसेले ‘प्रथम नेपाली कस्मोपोलिटियन सेफ’, २०१३ मा मकाउमा ‘उत्कृष्ट प्रदर्शन अवार्ड’ र २०१७ मा नेपालमै ‘उत्कृष्ट सेफ अवार्ड’ बाट सम्मानित भएका थिए। सेफ चालिसेले आगामी फ्राञ्चाइजहरुमा ट्रेनिङ, किचेन सेटअप, नयाँ खाना विकास लगायतका कार्यहरुमा नेतृत्व गर्ने भन्डारीले बताए । ‘यसले फ्राञ्चाइजहरुमा गुणस्तरीय खाना तथा स्वच्छतामा एकरुपता आउने छ,’ उनले भने ।
बाजेको सेकुवाको उत्तर अमेरीकी महादेशमा ९न्यू योर्क र डालास० रहेको फ्राञ्चाइजमा कर्पोरेट सेफका रुपमा सुरेन्द्र रायमाझी आबद्ध छन् । आगामी दिनमा दुवै सेफहरुको सहकार्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फ्राञ्चाइजहरु विस्तार हुने कम्पनीले जनाएको छ ।
त्यस्तै बाजेको सेकुवाले कोभिड १९ लाई मध्यनजर गरी ‘बाजेको फ्रेस’ योजना ल्याएको छ । बाजेको सेकुवाले स्वच्छ खसीे, कुखुरा, लोकल कुखुरा, हाँस, बँदेल, माछाका विभिन्न परीकारहरु ग्राहकहरुको घरमै पुर्याउने उद्धेश्यले यो योजना ल्याएको हो । त्यस्तै २४ सै घण्टा ग्राहकलाई सेवा दिने योजना सहित ‘क्लाउड किचेन’ सञ्चालनमा ल्याउन लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण