शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

शोकमा भरतपुर महानगरपालिका एक दिनका लागि बन्द

बुधबार, २१ असोज २०७७, १२ : ४१
बुधबार, २१ असोज २०७७

चितवन । चितवनको भरतपुर महानगरपालिका आज एक दिनका लागि बन्द गरिएको छ । तत्कालीन भरतपुर नगरपालिकाका पूर्वनगर प्रमुख हिमबहादुर पियाको आज बिहान निधन भएको शोकमा आज एक दिनका लागि महानगरपालिका बन्द गरिएको प्रशासकीय अधिकृत प्रेमराज जोशीले जानकारी दिए ।

महानगरले सार्वजनिक सूचना जारी गर्दै महानगरपालिका र अन्तर्गतका सम्पूर्ण कार्यालय आज एक दिनका लागि बन्द रहने जानकारी गराएको हो । महानगरपालिका प्रमुख रेनु दाहालले स्व.पियाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेकी छिन् ।

स्व.पिया तत्कालीन नारायणगढ गाउँ पञ्चायतका प्रधानपञ्च, २०४२ सालमा भरतपुर नगरपालिकाको जनपक्षीय नगरप्रमुख र २०५४ मा भरतपुर नगरप्रमुखका रूपमा निर्वाचित भई भरतपुरको विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप