मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

कस्तुपले ल्याए ‘जिन्दगी पानीको फोका’

बुधबार, २१ असोज २०७७, १४ : ३५
बुधबार, २१ असोज २०७७

काठमाडौं । लोकगायक, सर्जक तथा संगीतकार कस्तुप पन्तको नयाँ गीत ‘जिन्दगी पानीको फोका’ सार्वजनिक भएको छ । विजयादशमीको अवसर पारेर सार्वजनिक गरिएको गीत आकर्षक भिडियोसहित सार्वजनिक भएको हो ।

नेपाली संगीतिक क्षेत्रमा दुई दशक बिताएका पन्तले सांगीतिक यात्राको क्रममा संगालेका तितामिठा अनुभव गीतमा समेटिएको बताए । गीतमा गायक रामजी खाँण र गायिका अन्जु पन्तको स्वर रहेको छ । लोकगीत शैलीमा तयार भएको गीतमा मायाप्रेमका कुरा ब्यक्त गरिएको छ ।

गीतको म्युजिक भिडियोमा गायक रामजी र मालती घलेको रोमान्स समेटिएको छ । जनता डिजिटलबाट निर्माण भएको भिडियो मौसम हिमालले निर्देशन गरेका हुन् ।  सरिता म्युजिक प्रालिको प्रस्तुति रहेको गीतको भिडियोमा अजय रेग्मीको छायाँकन, अमृत चापागाईको सम्पादन रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप