मुख्यमन्त्रीका स्वकीय सचिवलाई सङ्क्रमण
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयकी एकजनालाई कोरोना सङ्क्रमण भएको छ ।
मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई सङ्क्रमण पुष्टि भएको हो । काफ्लेलाई सङ्क्रमण भएपछि मुख्यमन्त्री कार्यालय र निवासमा उच्च सतर्कता अपनाइएको छ ।
परिवारको सदस्यलाई सङ्क्रमण पुष्टि भएपछि काफ्ले विगत १५ दिनदेखि घरमै बसेका र कार्यालयमा उनको कसैसँग भेटघाट नभएको बुभिएको छ ।
सामान्य रुघाखोकी लाग्ने र टाउको दुख्ने भएपछि कोरोना परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको र अहिले आफू होेम आइसोलेसनमा रहेको काफ्लेले बताए । सामान्य रुघाखोकीबाहेक अन्य लक्षण नदेखिएको र पछिल्लो १०/१५ दिनदेखि होम क्वारेन्टिनमा रहेकाले परिवारबाहेक अन्य व्यक्तिसँग भेटघाट नभएको उनले बताए ।
काफ्लेलाई सङ्क्रमण भए पनि मुख्यमन्त्रीको नियमित कार्य भने प्रभावित नहुने जनाइएको छ । “मुख्यमन्त्री ज्यू विगतदेखिनै पर्याप्त सामाजिक दूरी र उच्च सावधानी अपनाएर आफ्ना कार्य गर्दै आएका छन् त्यो निरन्तर रहन्छ”, मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव अनुप पौडेलले भने । भेटघाटलाई भने न्यून पारिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय बजार मूल्यलाई आधार मानेर औषधिको मूल्य समायोजन गर्ने प्रस्ताव
-
लगातार ३० दिन केरा खाँदा शरीरमा आउँछन् यस्ता परिवर्तन
-
नयाँ योजनाभन्दा पुराना कार्यक्रमलाई अभियानका रूपमा निरन्तरता दिँदै धनगढी उपमहानगर
-
रौतहट प्रहरीको वार्षिक उपलब्धि : ६ करोडको तस्करीका सामान बरामद, ४४८ फरार प्रतिवादी पक्राउ
-
फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध
-
रुसद्वारा युक्रेनमा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार, कम्तीमा आठ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण