आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

‘सरकारले सत्याग्रहको आवाज नसुन्नु दूर्भाग्यपूर्ण ’

बिहीबार, २२ असोज २०७७, १५ : १८
बिहीबार, २२ असोज २०७७

काठमाडौं । नेपाल विद्यार्थी संघले गोविन्द केसीको माग पुरा गर्नुपर्ने भन्दै दवाव कार्यक्रम गरेको छ । बिहिबार कोटेश्वरमा निकालिएको दवाव र्यालीपछिको विरोधसभालाई युवा नेता कुन्दनराज काफ्लेले सम्वोधन गरेका छन् । विरोधसभामा बोल्दै काफ्लेले जनताको स्वास्थ्यका निम्ति बसेको सत्याग्रहलाई सरकारले नसुन्नु दूर्भाग्यपूर्ण रहेको बताए । उनले भने– ‘जनताको स्वास्थको पक्षमा काँग्रेस सधै उभिने छ ।’

नेविसंघका नवराज त्रिपाठीले केपी ओलीको संघर्ष गरिब जनताको लागी नभई सत्ता सयलको लागी मात्र रहेको पुष्टि भएको बताए । नेविसंघले देशभरका विद्यार्थीलाई केसीको पक्षमा सड्कमा आउन आह्वान गरेको छ । कार्यक्रममा कांग्रेस नेता अर्जुन पराजुली, उमेश गुरुङ, राजन अधिकारी, माधवी भट्ट र मनिस सिम्खडा लगायतको उपस्थिति रहेको नेविसंघका सञ्जय बुढाथोकीले बताए ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप