‘सरकारले सत्याग्रहको आवाज नसुन्नु दूर्भाग्यपूर्ण ’
बिहीबार, २२ असोज २०७७, १५ : १८
काठमाडौं । नेपाल विद्यार्थी संघले गोविन्द केसीको माग पुरा गर्नुपर्ने भन्दै दवाव कार्यक्रम गरेको छ । बिहिबार कोटेश्वरमा निकालिएको दवाव र्यालीपछिको विरोधसभालाई युवा नेता कुन्दनराज काफ्लेले सम्वोधन गरेका छन् । विरोधसभामा बोल्दै काफ्लेले जनताको स्वास्थ्यका निम्ति बसेको सत्याग्रहलाई सरकारले नसुन्नु दूर्भाग्यपूर्ण रहेको बताए । उनले भने– ‘जनताको स्वास्थको पक्षमा काँग्रेस सधै उभिने छ ।’
नेविसंघका नवराज त्रिपाठीले केपी ओलीको संघर्ष गरिब जनताको लागी नभई सत्ता सयलको लागी मात्र रहेको पुष्टि भएको बताए । नेविसंघले देशभरका विद्यार्थीलाई केसीको पक्षमा सड्कमा आउन आह्वान गरेको छ । कार्यक्रममा कांग्रेस नेता अर्जुन पराजुली, उमेश गुरुङ, राजन अधिकारी, माधवी भट्ट र मनिस सिम्खडा लगायतको उपस्थिति रहेको नेविसंघका सञ्जय बुढाथोकीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण