त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आगन्तुकलाई फूलले स्वागत (फोटोफिचर)
काठमाडौं– व्यवसायीहरुले फूलको प्रयोगसम्बन्धि जनचेतनामूलक कार्यक्रम संचालन गरेका छन । सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आगन्तुकहरुलाई फूलले स्वागत गर्दै यसको प्रयोग सम्बन्धि जनचेतनामूलक कार्यक्रम संचालन गरिएको हो ।
फूलको प्रयोग सम्बन्धि जनचेतना जगाउने उद्देश्यका साथ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा फूलको स्वागत कार्यक्रम संचालन गरिएको फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष कुमारकसजु श्रेष्ठले जानकारी दिए । फूल व्यवसायलाई अन्तराष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न पनि यस्ता खालका कार्यक्रम उपयोगी हुने उनको भनाई छ ।
एशोसिएसनले आफ्नो स्थापनाको २५ वर्ष पूरा भएको अवसर पारेर गत भाद्र २ गते वातावरणलाई स्वच्छ बनाउने उद्देश्यका साथ वृक्षारोपन कार्यक्रम पनि संचालन गरेको थियो । नेपालमा हाल ४३ हजार भन्दा बढिले फूल व्यवसायबाट प्रत्यक्ष वा परोक्ष रुपमा रोजगारी पाएको बताइएको छ ।
विवाह,जन्मदिन,पास्नी,श्रद्धाञ्जली जस्ता जुनकुनै कार्यमा फुलको प्रयोग हुन थालेपछि यसको मागबढेसँगै व्यवसाय पनि बढेको व्यवसायीहरुले बताएका छन् । यद्यपी सरकारले वर्षेनी करोडौ मुल्यको फुल आयत गर्न भने छाडेको छैन । नेपालभर ६ सय ८० जना व्यवसायीले व्यवसाय सञ्चालन गरेको एशोसिएसनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवा र पोखरा विमानस्थल चलाउन भारत–चीनसँग नेगोसिएसन भइरहेको छ: अर्थमन्त्री
-
डिजिटल प्रणाली ‘नागरिक चौतारी’ सञ्चालनमा ल्याउने सरकारको तयारी
-
पाकिस्तानले ३० इरानी नागरिकको स्वदेश फिर्तीमा सहजीकरण गर्ने
-
सकियो ‘क्याप्टेन साब’को छायाङ्कन
-
साउदीको सीप परीक्षण विवाद : वैदेशिक रोजगार क्षेत्रमा तरङ्ग, सरकार बेखबर
-
हौसिएर बजेट बनाएपछि समस्यामा पोखरा महानगर, ४५ करोड भुक्तानी रोकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण